खुल्ला महिला दौडमा गुरुङ पहिलो
खुल्ला महिला दौडमा गुरुङ पहिलो
गोरखाः ११३ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर गोरखामा खुल्ला महिला दौड प्रतियोगीता भएको छ । रोटरी क्लब अफ बज्र मनासलुको समन्वयमा रोट्रयाक्ट क्लब अफ बज्र मनासलुले आयोजना गरेको प्रतियोगीताको उपाधी रमिला गुरुङले जितेकी छन् ।
द्रव्यशाह बहुमुखी क्याम्पस लक्ष्मीबजारमा अध्ययनरत उनले निर्धारित दुरी १२ मिनेट १३ सेकेण्डमा पार गरेकी छन् । उपाधी बिजेता गुरुङले सात हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएकी छन् । प्रतियोगीतामा महेन्द्रज्योती माविकी सगुना लामिछाने दोस्रो, बिन्ध्यवासिनी मावि नारेश्वरकी करिश्मा सुनार तेस्रो र नेपाल प्रहरीकी सरिता थापा चौथो भएका छन् । उनीहरुले क्रमश पाँच हजार, तीन हजार र एक हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र पाएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर राना, रोटरी क्लब अफ बज्र मनासलु गोरखाका चार्टर प्रेसिडेन्ट भाईचन्द्र श्रेष्ठ, पूर्व अध्यक्ष बिष्णु राना मगर लगायतको उपस्थितीमा पुरस्कार वितरण गरिएको थियो । हरमटारीदेखि शक्तिचोक, बसपार्क, ठुलोआँगन, पाटेचौर हुदै हरमटारी खेलमैदानमा सम्मको करिव तीन किलोमिटर दुरीमा दौड गराइएको थियो ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार