८८ अर्ब ३१ करोड लगानीमा बुढीगण्डकी ‘क’ र ‘ख’जलविद्युत आयोजना निर्माण हुने

८८ अर्ब ३१ करोड लगानीमा बुढीगण्डकी ‘क’ र ‘ख’जलविद्युत आयोजना निर्माण हुने


शनिबार, फाल्गुन २७, २०७९


८८ अर्ब ३१ करोड लगानीमा बुढीगण्डकी ‘क’ र ‘ख’जलविद्युत आयोजना निर्माण हुने

करिब ८८ अर्ब ३१ करोड लगानीमा बुढीगण्डकी ’क’ र बुढीगण्डकी ’ख’ दुई आयोजना निर्माण गरिने भएको छ । ऊर्जा मन्त्रालयले निर्माण गर्न लागेको बुढीगण्डकी जलविद्युत आयोजनाभन्दा केही माथि नौलो नेपाल हाइड्रोइलेक्ट्रिसिटी प्रालिले बुढीगण्डकी–क र ख निर्माण गर्न लागेको हो । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि कम्पनी खोलेको भएपनि लगानीको मोडालिटी नटुंगिँदा अलपत्र जस्तै छ। तर, त्यस आयोजनाभन्दा माथि निर्माण हुने आयोजनाहरुको भने विद्युत खरिदबिक्री सम्झौता (पीपीए) हुने भएको छ । प्रस्तावित १२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना भन्दा माथिल्लो बेल्टमा दुई जलविद्युत आयोजना निर्माण हुने भएको छ ।
नौलो नेपाल हाइड्रोइलेक्ट्रिक प्रालिले बिहीबार एक सूचना जारी गर्दै दुई आयोजना निर्माण गर्ने जानकारी गराएको हो । कम्पनीले दुई आयोजना निर्माणका लागि ८८ अर्ब ३१ करोड २७ लाख रुपैयाँ लागत अनुमान गरेको छ । कम्पनीका अनुसार बुढीगण्डकी ’क’ जलविद्युत आयोजनाबाट १०३ मेगावाट बिजुली उत्पादन गरिनेछ । वर्षायाममा प्रतियुनिट ४ र सुख्खायाममा पिकिङ अवधिका लागि प्रतियुनिट १०.५५ र नन–पिकिङ अवधिका लागि प्रतियुनिट ८.४० रुपैयाँ आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद–बिक्रीदर तोकेको छ । आयोजनाबाट कुल प्रतिघण्टा ५४१.३७ गिगावाट बिजुली उत्पादन हुनेछ । यसबाट वर्षायाममा प्रतिघण्टा १७ करोड ६ लाख किलोवाट र सुक्खायाममा प्रतिघण्टा ३६ करोड ७ लाख किलोवाट बिजुली उत्पादन गर्नेछ। उक्त आयोजना निर्माणका लागि कम्पनीले ३१ अर्ब ३२ करोड १ लाख रुपैयाँ लागत खर्च हुने अनुमान छ । कम्पनीले बुढीगण्डकी ’ख’ जलविद्युत आयोजनाबाट २२६ मेगावाट बिलुजी उत्पादन गर्ने भएको छ। नेपाल विद्युत प्राधिकरणबाट आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद–बिक्री दर पनि तोकेको छ । जसमा उक्त आयोजनाबाट उत्पादन हुने बिजुलीको खरिद तथा बिक्री मूल्य बुढीगण्डकी ’क’को बराबर नै तोकेको छ । आयोजनाबाट प्रतिघण्टा १,२१४.१२ गिगावाट बिजुली उत्पादन हुनेछ । त्यस्तै, आयोजनाबाट वर्षायाममा प्रतिघण्टा ३७ करोड ७३ लाख किलोवाट, सुक्खायाममा प्रतिघण्टा ८३ करोड ६६ लाख किलोवाट बिजुली उत्पादन हुनेछ । आयोजना निर्माणका लागि कम्पनीले ५६ अर्ब ९९ करोड २६ लाख रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनाको सार्वजनिक सुनुवाइ चैत ९ गते हुने भएको छ । विद्युत नियमन आयोगले सार्वजनिक सुनुवाइमा सम्बन्धित सबै सरोकारवालालाई उपस्थित हुन समेत आह्वान गरेको छ । बुढीगण्डकी–क जलविद्युत आयोजना
२२६मेगावाटको बुढीगण्डकी–क जलविद्युत आयोजना गोरखाको आरुघाट गाउँपालिकामा प्रस्ताव गरिएको छ । आयोजनाबाट ५४१.३७ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुन्छ। वर्षायाममा १ अर्ब ७० करोड ६० लाख ६ हजार ८०९ किलोवाट घण्टा उत्पादन हुनेछ। सुक्खायाममा भने ३७ करोड ७५ लाख ९ हजार ३२० किलोवाट घण्टा उत्पादन हुनेछ । आयोजनाको ३१ अर्ब ३२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यो जलविद्युत आयोजनाको पिकिङ अवधि ५ घण्टा रहेको छ ।बुढीगण्डकी–ख जलविद्युत आयोजना
यो आयोजनाको जडित क्षमता १०३.४ मेगावाट छ । यो आयोजना आरुघाट गाउँपालिकामा नै प्रस्ताव गरिएको छ । आयोजनाको ५.५ घण्टा पिकिङ आवर रहेको छ।। आयोजनाबाट १२१४.१२ गिगावाट आवर विद्युत उत्पादन हुनेछ । वर्षायाममा ३ अर्ब ७७ करोड ३२ लाख ६ हजार ७५७ किलोवाट घण्टा र सुक्खायाममा ८३ करोड ६६ लाख ८९ हजार ७३६ किलोवाट घण्टा उत्पादन हुनेछ । यो आयोजनाको लागत करिब ५७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda