नृत्यमा गोरखाबाट सहभागी शिक्षक दोस्रो
नृत्यमा गोरखाबाट सहभागी शिक्षक दोस्रो
गोरखा : शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखराको आयोजनामा भएको नृत्य प्रतियोगीतामा गोरखाबाट सहभागी शिक्षक भुवन सेडाइ र बर्षा ढकालको सामुहिक नृत्य दोस्रो वनेको छ ।
शिक्षक नृत्यमा गण्डकी प्रदेशका १० वटा जिल्लाबाट सहभागीता जनाएका थिए । प्रतियोगीतामा पहिलो लमजुङ वनेको छ । दोस्रो वनेको गोरखाको समुहले १५ हजार नगद तथा प्रमाणपत्र पुरस्कार पाएको छ । ढकाल सिरानचोकको धर्मावती मावि र सेडाइ पालुङटारको मदनेडाडाँ माध्यमिक विद्यालयका शिक्षक हुन् ।
त्यस्तै बिद्यार्थी समुह तर्फ गोरखाले सान्त्वना स्थान हासिल गरेको छ । प्रदेश स्तरीय नृत्य प्रतियोगीतामा अमन थापा, सुदिप दवाडी, किशोर थापा, पुजा सुनार, पुर्णिमा सुनार, सुजिता थापाले गोरखाको तर्फबाट भाग लिएका थिए । जिल्ला स्तरमा छनौट पछि प्रदेश स्तरीय प्रतियोगीतामा प्रतियोगीहरुले भाग लिएका थिए ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार