नेपाल शिक्षक संघ गोरखाको अध्यक्षमा आचार्य
नेपाल शिक्षक संघ गोरखाको अध्यक्षमा आचार्य
गोरखाः नेपाल शिक्षक संघ गोरखाको अध्यक्षमा लक्ष्मण वावु आचार्य निर्वाचित भएका छन् ।
शनिबार भएको नवौँ अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । संघको महिला उपाध्यक्षमा शर्मिला ढकाल र खुल्ला उपाध्यक्ष जनिवहादुर घले, सचिवमा रुद्र प्रसाद उप्रेती र सचिव अर्थमा अर्जुन वावु श्रेष्ठ, सहसचिव खुल्लामा निर वहादुर खड्का, महिला सहसचिवमा शान्ता सापकोटा खनाल, सहसचिव अर्थमा रमादेवि पोखरेल, समावेशीमा हरि नारायण श्रेष्ठ र यम वहादुर गुरुङ निर्वाचित भएका छन् । सदस्यहरुमा रत्न ढकाल, कल्पना पोखरेल, तील कुमारी पोखरेल, सोम प्रकाश पोखरेल, कृष्णराज कार्की, तोयानाथ धिताल र भिमसेन काजी वानियाँ निर्वाचित भएका छन् । अधिवेशनले प्रदेश अधिवेशन प्रतिनिधि सात जना र संघीय महाधिवेशन प्रतिनिधि ६ पनि छनौट गरेको छ ।
शनिबार भएको उद्घाटन समारोहमा संघका व रिष्ठ उपाध्यक्ष एनपि भुसाल, कांग्रेस सभापति तथा प्रदेश सांसद नन्द प्रसाद न्यौपाने, संघका पुर्व अध्यक्ष प्रेम वहादुर थापा, लुमनाथ लामिछाने, तयाराज गुरुङ, पुर्व शिक्षक सिताराम भट्ट लगायतले मन्तब्य राखेका थिए ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार