स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता

स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता


आइतवार, फाल्गुन २८, २०७९


स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता

गोरखाः चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि शनिबार मनोनयन दर्ता भएको छ । स्ववियु निर्वाचनमा जिल्लाका चार विद्यार्थी संगठनले तालमेल गर्ने सहमति शुक्रबार गरेको थिए ।

गोरखा क्याम्पसको सभापति सहित सवै पदमा एकल उम्मेदवारी परेको छ । द्रब्यशाह वहुमुखी क्याम्पसको सभापति पदमा दुइ जनाको उम्मेदवारी परेको छ । अन्य पदमा एकल उम्मेदवारी परेको छ । गोरखा क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका विष्णु पाण्डेको उम्मेदवारी परेको छ । सचिवमा नेविसंघका परशुराम भट्ट, कोषाध्यषमा अखिल क्रान्तिकारीका सुस्मिता दवाडीको उम्मेदवारी परेको छ । त्यस्तै प्रत्यक्षतर्फ पाँच सदस्यमा सविना गुरुङ, नारायण भट्ट, विनय गुरुङ, पुजा खड्का र राजाराम वोहोराको उम्मेदवारी परेको छ । समानुपातिक तर्फ सात सदस्यमा सिम्रन गुरुङ, रचन परियार, पुष्पा गुरुङ,विनिता मग्राती, अनुप तिवारी, रचना वसेल र विक्रम तामाङको उम्मेदवारी परेको छ ।



द्रब्यशाह वहुमुखी क्याम्पसको सभापतिमा नेविसंको तर्फबाट सौनक घिमिरे र स्वतन्त्रबाट प्रमोद जंग कुँवरले उम्मेदवारी दर्ता गराएका छन् । अन्य सवै पदमा भने एकल उम्मेदवारी परेको छ । घिमिरे चार विद्यार्थी संघठनको तर्फबाट उम्मेदवार वनेका हुन् । द्रब्यशाह क्याम्पसको नेविसंघका उपसभापति समेत रहेका कुँवरले भने इकाइ उपसभापतिबाट राजिनामा दिएर स्ववियुको सभापतिमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । फागुन २९ गते सम्म उम्मेदवारी कायम रहे सभापति पदमा द्रब्यशाह वहुमुखी क्याम्पसमा निर्वाचन हुने छ । त्यस्तै द्रब्यशाहकको स्ववियु सचिवमा अखिल क्रान्तिकारीका सचिन खनाल र कोषाध्यक्षमा नेविसंघका अविन श्रेष्ठको उम्मेदवारी परेको छ । सदस्यहरुमा राजेश श्रेष्ठ, विपना कोइराला, अनुप सिंखडा, प्रताप थापा मगर, नविना गुरुङले उम्मेदवारी दिएका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु(क्रान्तिकारी), अनेरास्ववियु, नेपाल समाजवादी विद्यार्थी युनियन विच तालमेल गरी सहमतिमा उम्मेदवारी दिने शुक्रबार सहमति जुटेको थियो । शुक्रबार भएको छलफलबाट गोरखा क्याम्पसको सभापति सहित कोषाध्यक्ष र ३ सदस्य अखिल क्रान्तिकारीले लिने गरी सहमति जुटे पछि सोहि अनुसार उम्मेदवारी दर्ता भएको छ । नेपाल विद्यार्थी संघलाई सचिव, सहसचिव र तिन सदस्य, अनेरास्ववियूलाई उपसभापति र दुइ सदस्य, नेपाल समाजवादी विद्यार्थी युनियनले दुइ सदस्य पाउने गरि तालमेल भएको हो ।

सहमति अनुसार द्रब्यशाह वहुमुखी क्याम्पसको सभापति कोषाध्यक्ष सहित तिन सदस्य नेविसंघ, उपसभापति, सचिव र ३ सदस्य अनेरास्ववियु क्रान्तिकारी, सहसचिव र १ सदस्य अनरास्ववियु, नेपाल विद्यार्थी समाजवादी युनियनले ३ सदस्य पाउने गरी सहमति जुटेको थियो ।

त्यस्तै भवानी वहुमुखी क्याम्पसका नेपाल समाजवादी विद्यार्थी युनियनले नेतृत्व लिने सहमति अनुसार उम्मेदवारी दर्ता भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन त्रिभुवन विश्वविद्यालयले मिश्रित निर्वाचन प्रणालीबाट गर्ने भएको छ । प्रत्यक्ष र समानुपातिक प्रणालीबाट स्ववियुको पूर्ण कार्यसमिति बन्नेछ । विद्यार्थी संख्याको आधारमा स्ववियु कार्यसमिति बन्ने व्यवस्था छ । दुई सय भन्दा कम विद्यार्थी भएका क्याम्पसमा ११ सदस्यीय कार्यसमिति हुनेछ । एक हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १५ जना, तीन हजारसम्म विद्यार्थी संख्या भएको क्याम्पसमा १९ जना र त्यसभन्दा माथि विद्यार्थी संख्या रहेको क्याम्पसमा २१ जनाको निर्वाचित कार्यसमिति हुनेछ । अध्यक्ष, सचिव, कोषाध्यक्ष प्रत्यक्षबाट चुनिने छन् । उपाध्यक्ष र सहायक सचिवका लागि दोस्रो चरणको मतदान हुनेछ । पूर्ण कार्यसमिति बनेपछि कार्यसमिति बाटै उपाध्यक्ष र सहायक सचिवका लागि दोश्रो चरणको मतदान गरी छनोट गरिने छ ।

त्यसअनुसार पदाधिकारी पाँच जनाको पदाधिकारीमा ३ प्रत्यक्ष दुई समानुपातिक हुनेछन् । सदस्यमा प्रत्यक्ष र समानुपातिका गरी ५०/५० प्रतिशत आउने छन् ।

 


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda