गण्डकी गाउपालिकाको १० विद्यालयमा शुन्य दुब्र्यशनी कार्यक्रम
गण्डकी गाउपालिकाको १० विद्यालयमा शुन्य दुब्र्यशनी कार्यक्रम
गण्डकी गाउँपालिका भित्रका १० विद्यालयमा शुन्य दुव्र्यसनी अभियान सम्पन्न भएको छ । अभियानको माध्यामिक तहमा पढ्ने विद्यार्थीलाई सचेतना गराएको थियो ।
वडा नम्बर १ को बिजय भवानी, २ को ताङ्लिचोक, ३ को भैरवाश्रम, ४ को दिर्घेश्वर, ५ को भगवती र रत्नेश्व, वडा नम्बर ६ को तोमनडाँड, ७ को ज्ञानमार्ग , ८ को सुर्योदय माविमा सचेतना कार्यक्रम भएको हो ।
। उनीहरुलाई लागुऔषध के हो ? दुब्र्यशनी के हो ? यसको सेवनले शारीरिक, मानसिक, सामाजिक रुपमा कस्तो असर गर्छ भन्ने बारेमा जानकारी गराइएको थियो । लागुऔषधको प्रकार, असर, नियन्त्रणका उपाएका बारेमा वृत्तचित्रबाट समेत अनुशिक्षण गरिएको थियो । विद्यालय तहका विद्यार्थीलाई लागुऔषधको बारेमा जानकारी गराउँदा उनीहरु आफु पनि कुलतबाट बच्ने, दुब्र्यशनीहुनबाट जोगिने र समुदायमा पनि सकारात्मक प्रभाव पर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले बताए ।
विद्यालयमा भएको उक्त कार्यक्रमलाई परिर्वतनकालागि युवा सञ्जाल कास्कीका अध्यक्ष बिकास बडुवाल क्षेत्री, सचिव एवं लागु औषध नियन्त्रण अभियानका प्रशिक्षक अमृतकुमार भट्टराई, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रबिन्द्र अधिकारी, ताङ्लिचोक प्रहरी चौकीका इन्चार्ज असई यामप्रसाद पौडेल, पत्रकार नरहरि सापकोटा, बिकास मरहट्टा लगायतले सहजिकरण गरेका थिए । सबै विद्यालयमा स्थानीय स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधिहरुले लागुऔषधबाट मानविय स्वास्थ्यमा पार्ने असर, प्रभाव र न्यूनिकरण र उपचारका बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए ।
उक्त कार्यक्रम विद्यालय तहमा निकै प्रभावकारी भएको शिक्षकहरुले बताएका छन् । आईतवारदेखि सुरु भएको कार्यक्रम मंगलवार सकिएको थियो । बिभिन्न दुईवटा समुहले फरक फरक विद्यालयमा उक्त कार्यक्रम संचालन गरेका थिए । कार्यक्रमबाट करिब सात सय विद्यार्थी सहभागी थिए । गाउँपालिका अध्यक्ष दिपक तिमल्सिनाले उक्त कार्यक्रमको सुभारम्भ गर्दै गाउँपालिका भित्र शुन्य दुब्र्यशनी अभियानको सुरुवात भएको बताए । साथै उनले यो अभियान निरन्तर चलिरहने र त्यसको नेतृत्व विद्यार्थीले गर्ने बताए । गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले विद्यार्थीलाई सचेत गराउन सके युवा अवस्थाका विद्यार्थी र उनीहरुले साथीभाई, समाजलाईपनि सचेत गराउन सक्ने भएकाले यो कार्यक्रम गरिएको बताए ।
प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले विद्यार्थीकालागि यस्ता अनुशिक्षण जिबनउपयोगी हुने र यसले सकरात्मक सोचको बिकास गराउने हुँदा विद्यालय स्तरमा निरन्तर यस्ता कार्यक्रमलाई पालिकाले स्थान दिने बताए ।