अपाङ्गता परिचय पत्र वर्गिकरण सम्वन्धि अन्तरक्रीय
अपाङ्गता परिचय पत्र वर्गिकरण सम्वन्धि अन्तरक्रीय
अजिरकोट गाउँपालिकामा अपाङ्गता परिचयपत्र वर्गिकरण सम्वन्धी एक दिने अन्तरक्रिया कार्यक्रम भएको छ । सामाजिक विकास कार्यालय गोरखाको आयोजना तथा गाउपालिकाको समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन वहादुर थापा, गाउँपालिका अध्यक्ष दिपक देवकोटा, उपाध्यक्ष अनिता भुजेल, सामाजिक विकास कार्यालयमा प्रमुख दिपेन्द्र परियार लगायतको सहभागीता रहेको थियो । कार्यक्रमका सहभागीले अपाङ्गता भएका ब्याक्तिले पाउने सेवा सुविधाको वारे लक्षित समुहलाई जानकारी गराउनुपर्नेमा जोड दिएका थिए । अपाङ्गगतामैत्री संरचाना वनाउनुपर्नेमा पनि सहभागीको जोड थियो ।