कुँवरको उम्मेद्वारी फिर्ता संगै द्रब्यशाह स्ववियुको सवै पदमा एकल उम्मेदवारी
कुँवरको उम्मेद्वारी फिर्ता संगै द्रब्यशाह स्ववियुको सवै पदमा एकल उम्मेदवारी
गोरखा नगरपालिका–९ स्थित लक्ष्मिवजारको द्रब्यशाह वहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा उम्मेदवारी दिएका प्रमोदजंग कुँवरले उम्मेदवारी फिर्ता लिएका छन् ।
‘स्ववियुको सभापतिमा दुइ जनाको उम्मेदवारी परेको थियो, सोमबार पाँच वजे सम्मको फिर्ता लिने समयमा स्वतन्त्र उम्मदवारी दिनुभएको प्रमोदजंग कुँवरले मनोनयन फिर्ता लिनुभयो,’ निर्वाचन समितिका संयोजक कुशललाल श्रेष्ठले भने,‘अव सवै पदमा एकल उम्मेदवारी परेको छ ।’ निर्वाचन कार्यतालिका अनुसार नै चैत ५ गते पछि घोषणा हुने उनले बताए । स्वतन्त्र उम्मेदवारी दिएका कुँवरले उम्मेदवारी फिर्ता लिएसँगै नेपाल विद्यार्थी संघका सौनक घिमिरे निर्विरोध सभापति चुनिने भएका छन् । कुँवर पनि नेविसंघ निकटकै हुन् । घिमिरे भने नेविसंघ सहित अखिल क्रान्तिकारी, अनेरास्ववियु र नेपाल समाजवादी विद्यार्थी युनियनको साझा उम्मेदवार थिए । त्यस्तै द्रब्यशाहको सचिवमा अखिल क्रान्तिकारीका सचिन खनाल र कोषाध्यक्षमा नेविसंघका अविन श्रेष्ठको उम्मेदवारी परेको छ । सदस्यहरुमा राजेश श्रेष्ठ, विपना कोइराला, अनुप सिंखडा, प्रताप थापा मगर, नविना गुरुङको उम्मेदवारी दिएका छन् । चार विद्यार्थी संगठनको तालमेलमा उम्मेदवारी दर्ता गराएपछि गोरखा क्याम्पसमा पनि सभापति सहितको पदमा निर्विरोध हुने भएको छ । चार विद्यार्थी संगठनले तालमेल गरेर गोरखा क्याम्पस, द्रब्यशाह वहुमुखी क्याम्पस र भवानी वहुमुखी क्याम्पसमा उम्मेदवारी दिएका हुन् । भवानी वहुमुखी क्याम्पसको स्ववियु सभापति नेपाल समाजवादी विद्यार्थी युनियनले लिने सहमति सँगै सोहि अनुसार उम्मेदवारी दर्ता भएको छ ।