तरकारी विक्रिमा सहजताका लागि क्रेट वितरण
तरकारी विक्रिमा सहजताका लागि क्रेट वितरण
गोरखा क्षेत्र नम्वर १ का सांसद राजेन्द्र वजगाइले गण्डकी गाउपालिकाको चेपाङ वस्तीका १२४ स्थानीयलाई क्रेट वितरण गरेका छन् ।तरकारी विक्रीमा सहजताका लागि गण्डकी गाउपालिका–६ भुम्लीचोकको हिक्लुङ, लुप्राङ, कौदी, थुम्का, भज्याङका एक सय २१ घर धुरी तथा वडा नम्वर ७ घ्याल्चोककाको ३ घरधरी गरी १ सय २४ किसानलाई प्रति घरधुरी तिन वटाको दरले क्रेट वितरण गरिएको हो । किसानले उत्पादित फलफुल तथा तरकारी क्रेटमा हालि सहज रुपमा विक्रि वितरणका लागि वजार सम्म पु¥याउन सहजताका लागि क्रिट वितरण गरिएको हो ।