पशुमा पुर्ण खोप कार्यक्रम शुरु
पशुमा पुर्ण खोप कार्यक्रम शुरु
आरुघाट र भिमसेन थापा गाउपालिकामा पशुमा पुर्ण खोप कार्यक्रम शुरु भएको छ ।
एक महिना सम्म चल्ने पुर्ण खोप कार्यक्रममा गाइ भैसी, कुकुर विरालो, वगुर, भेडा र वाख्रामा खोप दिइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । दुइ पालिकामा खोप कार्यक्रम सकिएपछि पालुङटार र शहिद लखन गाउपालिका भित्रका पशुहरुमा खोप कार्यक्रम शुरु गर्ने कार्यालयको तयारी छ । गत वर्ष पालुङटार नगरपालिका तथा भिमसेन थापा र शहिद लखनमा उत्त कार्यक्रम शुरु भएको थियो । यो वर्ष आरुघाट गाउपालिका पनि थप भएको छ । चार पालिकाको करिव ६५ हजार गाइ र भैसी, ११ हजार वंगुर, दुइ लाख भेडावाख्रा र ५८ सय कुकुर लाई खोप दिइने छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सम्वन्धित पशु सेवा शाखा सँगको समन्वयमा खोप कार्यकर्ता खटाएर पशुमा पुर्ण खोप कार्यक्रम शुरु गरेको जनाएको छ । पशुहरुमा देखिने विभिन्न प्रकारका रोग विरुद्ध खोप कार्यक्रम शुरु भएको कार्यालयल जनाएको छ । ‘खोप लगाएपछि पशुहरुमा रोग सँग लड्ने क्षमता वढाउछ, पशुवस्तु मर्ने, रोगाउने समस्यामा किसानहरु पर्दैनन्,’ केन्द्रकी निमिक्ति प्रमुख शर्मिला कुमालले भनिन्,‘पशु वस्तु वढी पाल्ने र ओसारपसार वढी हुने क्षेत्र छनौट गरि कार्यक्रम शुरु गरेका हौँ ।’ गणक खटाएर पशुहरुको सर्वेक्षण पछि खोप कार्यक्रमको सुरुवात गरिएको उनले बताइन् । अभियान अन्तरगत गाइ र भैसीमा खोरेत, भ्यागुते र चर्चरे विरुद्धको खोप दिइन्छ । वंगुरमा खोरेत र ‘वगुरको हैजा’ विरुद्धको, कुुकुर र विरालोमा रेविज तथा भोडा वाख्रामा पिपिआर विरुद्धको खोप दिइने उनले बताइन् । दुइ पालिकामा ३४ जना खोप कार्यकर्ता खटिएको कार्यालयका सुचना अधिकारी लालमणी अर्यालले बताए ।

ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार