शहिद लखन गाउपालिकामा एक वडा एक उत्पादन
शहिद लखन गाउपालिकामा एक वडा एक उत्पादन
शहिद लखन गाउँ पालिकाले एक वडा एक पकेट कार्यक्रम शुरु गरेको छ । कृषकलाई ब्यवसायीक वनाउन पकेट कार्यक्रम घोषणा गरि अनुदान लगायतका लक्षित कार्यक्रम संचालन गर्ने गरेको हो ।
निर्वाहमुखी खेती र पशुपालनबाट निराश किसान लाई पकेट क्षेत्रको कार्यक्रमले लाभ पुगेको गाउँपालिकाका कृषि शाखा प्रमुख ऋषि रोकाले बताए । संघीय, प्रदेश र स्थानीय तहबाट कृषि र पशुपालनमा आएका योजना, अनुदान तथा कार्यक्रम गाउँपालिकाले पकेट क्षेत्र अनुसारका गाउँमा केन्द्रित गरेर संचालन हुदै आएको छ । गाउँपालिकाले वडा नम्वर १ वक्राङलाई कृषि तर्फ अकवरे खुर्सानी, सिताके च्याउ, तरकारी र धानको पकेट क्षेत्र घोषणा गरेको छ । एकै प्रकारका खेती र पशुपालन गर्दा विक्रिका लागि पनि सहज वनेको उनले सुनाए । वडा नम्वर २ लाई कृषित तर्फ सुन्तला पकेट क्षेत्र र पशु तर्फ वंगुर र स्थानीय कालो सुंगुरको पकेट क्षेत्र घोषणा गरिएको छ । वडा नम्वर ३ मा तरकारी (आलु र काक्रो) तथा फलफुलमा (आँप लिचि केरा)को पकेट क्षेत्र घोषणा गरिएको छ ।पशुपालन तर्फ वडा नम्वर ३ मा भैसी माछा र लेयर्स कुखुराको पकेट क्षेत्र वनाइएको छ । वडा नम्वर ४ मा कृषि तर्फ मकै र तरकारी,पशुपालन तर्फ बाख्रा र माछा, वडा नम्वर ५ मा सुन्तला र बाख्रा, वडा नम्वर ६ मा कफि, केरा, माहुरी, मकै, भैसी पकेट क्षेत्र घोषणा गरिएको हो । त्यस्तै वडा नम्वर ७ मा तरकारी, पिडालु,आलु, अदुवा, वेसार तथा सुंगुर, वंगुर लेयर्स कुखुरा, वडा नम्वर ८ मा पिडालु, एभोकाडो, वेसार, अदुवा, धान, तर्फ माछा र लेयर्स कुखुरा, वडा नम्वर ९ मा तरकारी, टमाटर आलु मकैको तथा भैसी र वाख्राको पकेट क्षेत्र घोषणा गरि कार्यक्रम संचालन गरिएको छ । पकेट क्षेत्र कार्यक्रमले माछा मासु, सुन्तला र च्याउमा गाउँपालिका आत्मनिर्भर तर्फ उन्मुख वनेको छ । गाउँपालिकाका करिव २७ हजार जनसंख्या छन् । करिव चार हजार चार सय परिवारका २२ हजार जनसंख्या कृषि र पशुपालनमा आश्रीत रहेको रोकाले बताए । पकेट क्षेत्र कार्यक्रमले अन्य कृषि उपजमा पनि आत्मनिर्भर वनाउन पनि सघाउने उनले बताए ।