रासायनीक मलमा दिदै आएको अनुदान कटौतीको निर्णय फिर्ता लिन माग
रासायनीक मलमा दिदै आएको अनुदान कटौतीको निर्णय फिर्ता लिन माग
सरकारले रासायनीक मलमा दिदै आएको अनुदान कटौतिको निर्णय फिर्ता लिन अखिल नेपाल किसान महासंघ गोरखाले माग गरेको छ । आइतबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र वुझाउदै कृषि क्षेत्रका लागि दिदै आएको अनुदान कटौति गर्ने अति संवेदनशिल र गैरजिम्मेवारपुर्ण निर्णय अविलम्व फिर्ता लिन माग गरेको हो । माग सम्वोधन नगरिए किसान सडकमा उत्रन वाध्य हुने पनि ज्ञापनपत्रमा उल्लेख छ । सरकारको यो निर्णयले देशका ६० प्रतिशत किसान, समग्र कृषि क्षेत्र र आम उपभोक्ताहरुमा गभ्भिर असर परेको महासंघले जनाएको छ । ‘किसानलाई प्रोत्साहन तथा संरक्षणको कार्यक्रम ल्याउनुको सट्टा उनिहरुलाई नै मार पर्नेगरी गरिएको यस प्रकारको निर्णय प्रति महासंघ खेद प्रकट गर्दछ,’ ज्ञापनपत्रमा भनिएको छ । सरकारको यस निर्णयले किसानले १४ रुपैयामा खरिद गर्दै आएको युरियाको मुल्य २५ पुगेको, ४३ रुपैयाको डिएपी ५० र ३१ रुपैयामा पोटास ४० पुगेको ज्ञापनपत्रमा उल्लेख छ । यसले कृषि उत्पादनमा लागत वढ्न गइ कृषि उपजहरुको मुल्यमा भारी मात्रामा वृद्धि हुने र उपभोक्ताको खाद्य अधिकार तथा खाद्य सुरक्षाबाट वञ्चित हुने जोखिम वढेको पनि ज्ञापनपत्रमा भनिएको छ । ‘अन्तराष्ट्रिय वजारमा रासायनीक मलको मुल्य करिव आधा घटेको देखिन्छ तर नेपाल सरकारले भने रासायनीक मलको मुल्यमा ब्यापक वृद्धि गरेको छ,’ज्ञापनपत्रमा भनिएको छ,‘ज्ञापन पत्रमा भनिएको छ । कृषि सामाग्री कम्पनीलाई नाफा र किसानलाई अझ अधिक मुल्य भार पर्ने देखिएको भन्दै महासंघले आपत्ति प्रकट गरेको छ ।