मापदण्डको ख्याल नै नगरी उत्खनन
मापदण्डको ख्याल नै नगरी उत्खनन
नदिजन्य पदार्थ संकलनका लागि ठेक्का लागेको मस्र्याङदी नदिमा यतिखेर मापदण्ड विपरितको उत्खनन वढेको छ ।
जथाभावि उत्खनन वढेपछि वुधबार र विहिबार जिल्ला समन्वय समितिका प्रमुख मोहन वहादुर थापा नेतृत्वको टोलीलले मस्र्याङदी नदि क्षेत्रको अनुगमन निरिक्षण गरेका छन् । मस्र्याङदी नदिमा गोरखा नगरपालिकाले तिन वटा, आवुखैरेनी गाउपालिका र पालुङटार नगरपालिकाले ४÷४ वटा घाटमा ठेक्का लगाएको छ । आवुखैरेनी गाउँपालिकाले ठेक्का लगाएको कुँडुले घाटमा वाहव क्षेत्रमै एक्साभेटरको प्रयोगबाट वालुवा उत्खनन भइरहेको छ । उत्त घाटको १७ हजार चार सय ९४ घनमिटर नदिजन्य पदार्थ उत्खननको जिम्मा अभियान कन्ट्रक्सनले पाएको छ । मापवदण्डको समेत ख्याल नगरी उत्खनन हुदा सम्म उत्त नियमनकारी निकाय मौन छन् । गोरखा नगरपालिकाले ठेक्का लगाएको शाहघाटमा वुधबार अनुगमन भएको थियो । उत्त घाटको अनुगमनको क्रममा घाटगद्धी समेत नभएको पाइएको थियो । पालुङटार नगरपालिकाले ठेक्का लगाएको अवण्डा घाटमा उत्खननको जिम्मा पाएको चाइना कम्यूनिकेशन कन्ट्रक्सन कम्पनीले वाहव क्षेत्रमै एक्साभेटर हालेर नदिजन्य पदार्थ संकलन गरेसँगै स्थानीयले चर्को विरोध जनाएपछि उत्खनन डेड साता अघि रोकिएको छ । अवण्डा घाटमा नदिको वाहव नजिकै उत्खनन भएको नदिजन्य पदार्थ राखिएको छ । वहिबार पालुङटारको अवण्डा लगायतका घाटको अनुगमन भएको छ । उत्त घाटमा उत्खननको परिणाम पुगेपछि काम रोकिएको जनाइएको छ । पालुङटार नगरपालिकाले मस्र्याङदी नदि स्थित मझुवा, अवण्डा, चनौटे र खोलाघाटको नदिजन्य सामाग्री संकलनको जिम्मा चाइना कम्यूनिकेसन कन्टूक्सन कम्पनीलाई दिएको छ । विहिबार पालुङटार नगरपालिका–७ मा संचालित क्रसर प्लान्टको पनि अनुगमन भएको छ । सडक आयोजनाको लागि संचालित क्रसर प्लान्टको अनुगमन भएको हो । उत्त क्रसर प्लान्टमा सुचना पार्टी सम्म नभएको पाइएको छ । विहिबारको अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख थापा, उपप्रमुख लिला परियार, समन्वय अधिकारी नानिवावु पोखरेल लगायतको सहभागीता रहेको थियो ।