चैते दशैको अवसरमा फुटवल प्रतियोगीता शुरु
चैते दशैको अवसरमा फुटवल प्रतियोगीता शुरु
गोरखाः चैते दशैको अवसर पारेर पालुङटार नगरपालिका–९ सेरा स्थित गैरीचौरमा खुल्ला नकआउट फुटवल प्रतियोगीता शुरु भएको छ ।
न्यू ट्रयाक एण्ड सेराली युवा क्लवको आयोजनाका सोमबार बाट प्रतियोगीता शुरु भएको हो । प्रतियोगीतामा १६ टिमको सहभागीता रहेको क्लवका सदस्य भुवन सेडाइले जानकारी दिए । प्रतियोगीतामा पहिलो हुनेले ४० हजार, दोस्रो हुनेले २५ हजार नगद, मेडल, कप, ट्रफि र प्रमाणपत्रको ब्यवस्था गरिएको छ ।
प्रतियोगीताको प्रथम पुरस्कार स्थानीय समाजसेवि तथा खेलप्रेमी नारायण वावु अधिकारीले सौजन्य गरेका छन् । प्रतियोगीता वुधबार सम्म संचालन हुने छ ।
प्रतियोगीताको पहिलो दिन दामन लामाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पालुङटार नगरपालिका–९ का वडा अध्यक्ष भेजराज पाण्डे, त्रिवेणी माविका प्रध्यानाध्यापक गणेश राज सेडाई, दिपक अधिकारी, कृष्ण थापा लगायतले मन्तब्य राखेका थिए । प्रतियोगीताको पहिलो दिन चार वटा खेल सम्पन्न भएको छ ।