दिवंगत भएकाहरुको नाम प्राप्त नहुदा अघि वढेन स्मृति स्तभ्भको काम
दिवंगत भएकाहरुको नाम प्राप्त नहुदा अघि वढेन स्मृति स्तभ्भको काम
२०७२ वैशाख १२ को भूकम्पको केन्द्रविन्दु बारपाकमा निर्माणाधिन भूकम्प स्मृति पार्कको काम रोकिएको छ ।
भूकम्पमा दिंवगत भएकाहरुको नाम प्राप्त नहुँदा आठ महिना देखि काम अघि वढ्न सकेको छैन । पार्क भित्रको स्मृति स्तभ्भमा भूकम्पबाट अति प्रभावित १४ जिल्लाका भूकम्पमा परी दिवंगत भएकाहरुको नाम राख्ने योजना वनाइएको थियो । त्यसका लागि छुट्टा÷छुट्टै १४ वटा स्तभ्भ तयार भएको छ । गृहमन्त्रालय सँग नाम उपलब्ध गराउन आग्रह गरिएपनि उपलब्ध नहुँदा काम अघि वढाउन नसकिएको संघीय आयोजना कार्यन्वनय इकाई पोखराका इन्जिनियर विरवल सुनारले बताए । स्मृति स्तभ्भको ९५ प्रतिशत काम सकिएको छ । गृहमन्त्रालयबाट प्राप्त नाम मात्र आधिकारीक हुने उनले बताए । ‘गृहमन्त्रालय सँग नाम मागेका थियौँ, प्राप्त भएको छैन,’ उनले भने । भूकम्पमा परी मृत्यू भएकाको नाम १४ वटा स्तभ्भमा लेख्ने योजना छ ।
सम्वन्धित जिल्ला प्रशासन कार्यालय मार्फत नाम संकलन गरेर भिक्तामा लेख्ने योजना बनाइएपनि अहिले नाम प्राप्त नहुूदा काम रोकिएको हो । स्मृति स्तभ्भ निर्माणको जिम्मा स्वच्छन्द÷होम निर्माण जेभिका पाएको छ । २०७४ मंसिर १४ गते ठेक्का सम्झौता गर्दा ३० महिना भित्र सक्ने लक्ष्य राखिएको थियो । भौगोलिक विकटता र कोरोना महामारी समयमै काम सम्पन्न हुन नसकेको स्मृति स्तभ्भ निर्माणको काम अन्तिम चरणमा पुगेर रोकिएको हो । स्मृति पार्कमा स्मृति स्तभ्भ, वगैचा दुइ शौचालय, एक चेमेनागृह, पार्कीङ स्थल, सडक लगायतका संरचना वन्ने छन् । १३ करोड ७ लाख १५ हजारको लागतमा स्मृति पार्क निर्माण शुरु भएको हो । स्मृति स्तभ्भले पुर्णता पाए वारपाक पुग्ने आगन्तुकको संख्या अझै वढ्ने अपेक्षा गरिएको छ । पछिल्लो समय वारपाक घुम्न जाने आन्तरिक पर्यटक वढेका छन् ।