पोलेको खानेकुरा वास्तवमै हानिकारक हुन्छ

पोलेको खानेकुरा वास्तवमै हानिकारक हुन्छ


आइतवार, चैत्र १९, २०७९


पोलेको खानेकुरा वास्तवमै हानिकारक हुन्छ

पोलेको मासु भन्नासाथ हाम्रो मुखमा पानी आउँछ । चाहे त्यो सुकुटी ९ड्राइ० होस् वा आलो । रापिलो आगोमा पोलेर खानुको खास स्वाद छ । उसिनेर, बफ्याएर भन्दा पोलेर खाँदा मीठो लाग्छ । पोलेको मासुमा हामी कति लोभिएका छौं भन्ने कुरा त रेस्टुरेन्टका मेनुमा उपलब्ध हुने ‘पोलेको परिकार’देखि सहरका भान्सामा धमाधम भित्रिएको ‘बार्बिक्यू’ सम्मले बताउँछ । स्वादमा शंकै भएन, पोलेको मासु खास हुन्छ । तर स्वास्थ्यका लागि रु पोषणविद् लीलबहादुर नेपाली भन्छन्, ‘जब मासुलाई आगोको सोझै सम्पर्कमा लगेर पोल्छौं, त्यो हानिकारक बन्छ ।’ यस्तो खानेकुराले मुटुरोगदेखि क्यान्सरसम्म हुनसक्ने उनी बताउँछन् । युनिभर्सिटी अफ बर्मिङ्घमले प्रकाशित गरेको एक स्वास्थ्यसम्बन्धी लेखमा भनिएको छ, ‘कुनै पनि खानेकुरा सोझै आगोमा पोल्दा त्यसमा एक्रिलामाइड नामक एक घटक पैदा हुन्छ । यो क्यान्सरको कारक बन्न सक्छ ।’ आगोमा पकाएको, तेलमा तारेको वा भुटेको खानेकुरामा पनि यस्तो तत्व पैदा हुने त्यसमा उल्लेख छ । त्यसैगरी सोझै पोलेर मात्र नभई उच्च तापमानमा पकाउँदा पनि खानेकुरामा एक्रिलामाइड अणुको विकास हुने बताइन्छ । यस्तो तत्व फ्रेन्च फ्राइ ९तारेको आलु०, कफी आदिमा पाइएको त्यहाँ उल्लेख छ । खासगरी कार्बोहाइड्रेटयुक्त खानेकुरालाई उच्च तापमानमा पकाउँदा त्यसमा एक्रिलामाइड नामक अणु विकास हुने बताइन्छ । यो तत्व काँचो वा उसिनेको खानेकुरामा भने पाइँदैन । यद्यपि एक्रिलाइमाइडले क्यान्सर हुन्छ कि हुँदैन भन्ने कुरा खानाको प्रकृतिमा निर्भर गर्ने बताइन्छ । के हो एक्रिलामाइड रु एक्रिलामाइड एक रासायनिक यौगिक हो, जो उच्च तापक्रममा खानेकुरा पकाउँदा पैदा हुन्छ । कफी, चकलेट, बदाम, फ्रेन्च फ्राइज, आलु चिप्स, ब्रेड आदिमा यस्तो तत्व पैदा हुन्छ । खासगरी कार्बोहाइड्रेटयुक्त खानेकुरामा एक्रिलामाइड हुने बताइएको छ । क्यान्सर हुन्छ भन्ने कुरामा खास आधार छैन स् पोषणविद् कुनै पनि खानेकुरा आगोमा पोल्दा वा उच्च तापक्रममा पकाउँदा रसायनिक प्रतिक्रिया भई एक्रिलामाइड नामक तत्व विकास हुने भए पनि त्यो क्यान्सरको कारक नै बन्छ भन्ने कुरामा दाबी गर्न नमिल्ने बताउँछन् पोषणविद् आरेम कार्की । ‘उक्त तत्वले क्यान्सर हुन्छ त भनिन्छ,’ उनी भन्छन्, ‘तर त्यसैको कारण क्यान्सर भएको भनेर अहिलेसम्म कुनै पनि वैज्ञानिक पुष्टि छैन ।’ त्यसैले यो थप खोजकै विषय भएको उनी बताउँछन् । उनी के भन्छन् भने मानव सभ्यताको सुरुमा पोलेको मासु नै खाइन्थ्यो । मान्छेले अन्न भन्दा पहिले मासु खाएको र आगोको उत्पत्ति भएपछि पोलेर नै खाने गरेको उनको बुझाइ छ । ‘अहिले पनि जंगलमा बस्ने आदिवासीहरुले मुख्य खान्कीको रुपमा पोलेको मासु नै खाने गरेका छन्,’ पोषणविद् कार्की भन्छन्, ‘त्यसको कारण उनीहरुमा क्यान्सर भएको भन्ने कुरा अहिलेसम्म आएको छैन ।’ तर पोलेको भन्दा उसिनेको उत्तम पोलेको मासु वा खानेकुराबाट क्यान्सर नै हुन्छ भन्ने कुरा अहिलेसम्म पुष्टि नभए पनि तुलनात्मक रुपमा उसिनेर वा बफ्याएर खानु उत्तम हुने पोषणविद्हरुको सुझाव छ । खाना कसरी पकाउने भन्ने एक निर्देशिकामा भनिएको छ, खानेकुरा पहेंलो नभएसम्म पकाउनुहोस्, खैरो वा कालो हुनेगरी होइन । किनभने एकदमै कम तापक्रममा पकाउँदा पनि कतिपय खानेकुरामा हुने विषाक्त तत्व नष्ट हुँदैन । पोषणविद् नेपाली भन्छन्, ‘सम्भव भएसम्म पोलेर भन्दा उसिनेर वा सामान्य हिसाबले पकाएर खानु राम्रो हो ।’ कुनै पनि खानेकुरा स्वस्थकर हुनु र नहुनुमा त्यसलाई कसरी पकाइन्छ भन्ने कुरामा निर्भर रहने पोषणविद् नेपाली बताउँछन् । धेरैजसो खानेकुरा उच्च तापक्रममा पकाउँदा वा सोझै आगोमा पोल्दा त्यसको पोषक तत्व नष्ट हुने उनी बताउँछन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda