१२० मेगावाट विद्युत प्रवाह हुने १३२ केभी दरौदी कोरिडोरको शिलान्यास

१२० मेगावाट विद्युत प्रवाह हुने १३२ केभी दरौदी कोरिडोरको शिलान्यास


मङ्लबार, चैत्र २१, २०७९


१२० मेगावाट विद्युत प्रवाह हुने १३२ केभी दरौदी कोरिडोरको शिलान्यास

दरौंदी नदी करिडोरमा उत्पादित विद्युत प्रवाह गर्ने उद्देश्यले अध्ययन गरिएको १३२ केभी दरौंदी कोरिडोर (केराबारी–मर्स्याङ्दी) प्रसारण लाइनको आइतबार शिलान्यास गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले एक कार्यक्रमका बीच प्रसारण लाइनको शिलान्यास गरेका हुन् । सिरानचोक गाउँपालिका–१ मा १३२ केभीको केराबारी सबस्टेसन तथा सोही सबस्टेसनदेखि तनहुँको आँबुखैरेनी गाउँपलिका–२ स्थित न्यू–मस्र्याङ्दी (मार्कीचोक) सबस्टेसनसम्म करिब ३२ किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले निर्माण गर्ने यस प्रसारण लाइनअन्तर्गत १०७ वटा टावर रहने जनाइएको छ । शिलान्याससँगै टावर नम्बर १९ बाट निर्माण सुरु गर्न लागिएको पनि कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा कम्पनीका अध्यक्षसमेत रहेका सचिव घिमिरेले देशमा तीव्र गतिमा उत्पादन भइरहेको बिजुलीलाई लोड सेन्टरहरूमा पु¥याउनका निम्ति विभिन्न ठाउँमा प्रसारण लाइनहरू निर्माण भइरहेको बताए । ‘प्रसारण गुरुयोजना अनुसार ग्रिड कम्पनीले विभिन्न ठाउँमा निर्माण कार्यलाई तीव्रता दिइरहेको छ,’ उनले भने, ‘सरकारले सकेसम्म कम वातावरणीय क्षती हुने गरी सबै प्रवर्द्धकहरूले उत्पादन गर्ने विद्युत साझा लाइनबाट प्रवाह गराउने नीति लिएको छ ।’ प्रसारण लाइन निर्माणमा थप नीतिगत सुधारहरू समेत भइरहेको जानकारी दिँदै घिमिरेले ग्रिड कम्पनी तथा निर्माण व्यवसायीलाई आयोजना चाँडोभन्दा चाँडो सम्पन्न गर्न निर्देशन दिए । आयोजनालाई आवश्यक पर्ने सहयोगका लागि मन्त्रालय सदैब तत्पर रहने उनको भनाइ थियो । यसैगरी, कार्यक्रममा ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवालीले छुट्टा–छुट्टै निर्माण गर्नुभन्दा साझा प्रसारण लाइन निर्माण गरी विद्युत प्रवाह गर्न प्राविधिक, आर्थिक तथा पर्यावरणीय दृष्टिकोणबाट उपयुक्त हुने बताए । ‘यस आयोजनाबाट दरौंदी तथा चेपे खोलामा निर्माण गरिने जलविद्युत आयोजनाहरू लाभान्वित हुनेछन्,’ उनले भने, ‘यो नदी कोरिडोरका धेरै विद्युत आयोजनालाई समेट्ने गरी बनाइएको साझा प्रसारण लाइन विकासको एक मोडेलको रूपमा स्थापित हुने विश्वास छ ।’ आयोजना प्रबन्धक देवेश सैंजुले यस प्रसारण लाइनले चेपे तथा दरौंदी खोलामा उत्पादन हुने करिब १२० मेगावाट क्षमता बराबरका आयोजनाहरू राष्ट्रिय प्रणालीमा आवद्ध गराउने बताए । यस्तै, गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले प्रसारण लाइनबाट हुने विविध क्षति न्यूनिकरण गर्न एकीकृत प्रसारण लाइन निर्माणमा ध्यान दिनुपर्ने बताए । साथै, जिल्ला प्रशासन कार्यालयबाट आयोजना निर्माणमा आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर तथा सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले निर्माणका क्रममा आयोजनालाई स्थानीय तहबाट आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए । उक्त कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दिपकुमार देव, अर्थ मन्त्रालयका सहसचिव रघुराम विष्ट, विद्युत विकास विभागका महानिर्देशक चिरञ्जीवी चटौत लगायतको उपस्थिति थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda