तिनमानेमा पालिका स्तरीय अस्पताल भवनको निर्माण शुरु
तिनमानेमा पालिका स्तरीय अस्पताल भवनको निर्माण शुरु
शहिद लखन गाउँपालिका–५ तिनमाने स्थित केउरेनीमा पालिका स्तरीय अस्पताल भवनको निर्माण शुरु भएको छ ।
१५ शैयाको अस्पताल भवन दुइ वर्ष भित्र निर्माण सक्ने गरि ड्रागन विकोन शंखपोखरी जेभिले निर्माणको जिम्मा पाएको छ । १२ करोड ४८ लाख ६१ हजारको लागतमा तिन तले अस्पताल भवन वन्ने गाउँपालिकाका प्राविधिक राजन रानाभाटले जानकारी दिए । २०७९ भदौ २२ गते भएको ठेक्का सम्झौता अनुसार २०८१ भदौ २२ भित्र भवन निर्माण सक्नुपर्ने हुन्छ । पालिका स्तरीय १५ शैयाको आधारभुत अस्पताल वन्ने गाउपालिकाले जनाएको छ । नौ रोपनी आठ आना जग्गा खोजी गरी भवन निर्माण शुरु भएको हो । वुधबार अस्पताल भवनको जग पुजा समेत गरिएको छ । उत्त कार्यक्रममा गाउपालिका अध्यक्ष रमेश थापा लगायतका जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।