कम्मरबाट हरायो पटुका, किन बाँधिन्थ्यो पहिले

कम्मरबाट हरायो पटुका, किन बाँधिन्थ्यो पहिले


बिहिबार, चैत्र २३, २०७९


कम्मरबाट हरायो पटुका, किन बाँधिन्थ्यो पहिले

पहिले बुढापाकाहरुले १२ हातेदेखि २१ हातेसम्मको पटुका कम्मरमा बाँध्थे । अहिले हाम्रो पहिरनबाट पटुका सर्लक्कै हराएको छ । बदलिंदो पहिरन शैली र कार्यशैलीले पनि पटुकाको चलन हराएको हो । यद्यपि त्यस्ता केही अवस्था हुन्छन्, जतिबेला पटुका बाँध्नु एकदमै उपयोगी हुन्छ । पटुकाले कतिपय सम्भावित स्वास्थ्य समस्याबाट बचाउँछ । खासगरी कम्मरको दुखाइ, हड्डी खिइने, नसा च्यापिने जोखिमबाट बच्न पटुका उपयोगी हुन्छ । त्यसैले सुत्केरी अवस्थामा, कुनै गह्रौं शारीरिक काम गरेको अवस्थामा, भार उठाएको अवस्थामा, लामो समय कुप्रिएर काम गर्नुपर्ने अवस्थामा पटुका बाँध्नु उत्तम हुन्छ ।

मेरुदण्डलाई भर



ढाडको तल्लो भाग कम्मरमा टिपिक्क मिलाएर पटुका बाँध्दा त्यो मेरुदण्डको त्यो भागलाई पटुकाले टेको दिने जस्तो काम गर्छ ।

ढाड कम्मर अर्थात् पिठ्यूँ जसलाई हामी मेरुदण्ड भन्छौं, यो शरीरको खम्बा हो । यो खम्बालाई टेको दिन पटुका उपयोगी हुन्छ । कम्मर, ढाडको दुखाइ नहोस् भन्नका लागि कम्मरमा पटुका बाँध्न सकिन्छ । श्रमपूर्वक गरिने काम जस्तो गह्रौं भारी उठाउने, कुप्रिएर काम गर्ने, खनजोत गर्ने काममा शरीरको सही आसन नमिल्दा हड्डी खिइने र नसा च्यापिने हुन्छ । यस्तो बेला पटुका बाँध्नु निकै लाभदायक हुन्छ ।
डा। सुनिल पौडेल डोको तथा अन्य भारी बोकेर टाढा टाढा हिंड्दा कम्मरमा पटुकाको आड हुने हुँदा पिठ्यूँमा घाउ हुन पाउँदैन । महिलाहरुले पटुका बाँध्दा अगाडि फराकिलो गरेर बाँध्दा तल्लो पेटलाई पनि भर हुन्छ । जसले आङ खस्ने समस्यालाई पनि कम गर्छ । सुत्केरी बेला बढेको पेटलाई सर्लक्क घटाउन पनि यही तरिकाले पटुका बाँध्न सकिन्छ ।

ढाड, कम्मर दुख्ने कारण

मान्छेको इतिहास सात करोड वर्षको छ । सुरुवाती चरणदेखि नै मान्छे हिंड्ने, दौडिने, उफ्रिने वा शारीरिक रुपले एकदमै गतिशील भए । चाहे सिकार गर्ने क्रममा होस् वा खेतीपाती, मान्छेले ऐश आराम रोजेनन् । तर पछिल्लो ५० वर्षयता मान्छेले जीवनशैली बदल्दै गए । उनीहरुको गति धीमा हुँदै गयो र ऐश आरामपूर्ण जीवन रोज्न थाले । २० वर्षयता मान्छेको जीवन अरु सुस्त भयो । उनीहरु चाहिनेभन्दा बढी आराम गर्न थाले । शारीरिक सक्रियता ह्वात्तै घट्यो । गलत खानपिन, घाम नै नताप्ने ९भिटामिन डीको कमी०, तौल बढ्ने र व्यायाम तथा शारीरिक श्रमको कमीले पनि मेरुदण्ड नै एकदमै नाजुक भएर मेरुदण्डका अन्य रोग पनि बढ्ने क्रम बढ्यो । मान्छे अहिले खेतीपाती वा शारीरिक कामभन्दा कुर्सीमा बसेर गर्ने काम रोज्ने गर्छन् । घण्टौंसम्म उनीहरु कुर्सीबाट यताउता चलमलाउँदैनन् । यसरी बसेर काम गर्दा शरीरको माथिल्लो भागले कम्मरको तल्लो भागलाई थिचिरहेको हुन्छ । यसरी लामो समय बस्दा अन्य स्वास्थ्य समस्या त आउंछ नै त्यसमाथि बसाइको यो गलत आसनले हड्डी खिइने र नसा च्यापिने जस्ता समस्याले सबैलाई सताउन थालेको छ । हामीले सुत्ने बेलामा मात्र होइन, घर र अफिसमा बस्दा, काम गर्दा वा व्यायाम गर्दा समेत गलत आसनले गर्दा हड्डी खिइने र नसा च्यापिने जस्ता समस्या हरेक घरमा देख्न सकिन्छ । हाम्रा हजुरमुमा हजुरबुबाहरुलाई उनीहरुको जवानीमा त ढाड कम्मर दुख्ने भन्ने प्रायः देखिंदै देखिन्थेन र पछिसम्म पनि यस्ता समस्या कम देखिनुमा उनीहरुको सक्रियता र उहाँहरुले प्रयोग गर्ने लामो पटुकाको ठूलो भूमिका छ । बुढापाकाले मिलाएर पटुका बाँध्ने गर्थे, जसले उनीहरुलाई दिनभरि गह्रौं काम गर्न सहयोग गथ्र्यो र निहुरिएर काम गर्दा पनि गाह्रो हुँदैनथ्यो । ढाडलाई सहज बनाउन, दुखाइबाट बच्न पटुका बाँध्ने गरिन्थ्यो ।

पटुका बाँधेर हुन सक्ने हानि

चौबीसै घण्टा पटुका बाँध्नु जरुरी छैन । अम्लपित्त, रिफ्लक्स ओसोफेजाइटिस जस्ता पेटका समस्या भएकाले कसेर पटुका बाँध्दा समस्या झन् बढ्न सक्छ । पटुकाले झुटो आशा पनि देखाउँछ । पटुका वा बेल्ट बाँधेकै त छु भनेर बढी वा अति गह्रौं काम गरेर झन् बढी हानि हुन सक्नेप्रति हामी सधैं सचेत रहनुपर्छ । ढाड दुख्यो भने पटुका बाँधेर कम भयो भनेर बस्नेहरु पनि हुन्छन् । दुखेको कम भयो भनेर पटुका बाँधेर धेरै वर्ष दुखाइ सहेर बस्नेहरु पनि छन् । त्यसो गर्नु लगत हो ढाड कम्मरको दुखाइ अलिअलि हुँदा नै विशेषज्ञ डाक्टरको सल्लाह दिनुपर्छ । पटुका बाँध्नु उपचार होइन, पटुका र बेल्ट आदिलाई सधैं बाँधिरहनुले कालान्तरमा ढाड कम्मरका मांसपेशी कमजोर हुँदै गएर उल्टो समस्या निम्त्याउन पनि सक्छ । यात्रा, गाह्रो तथा गह्रौं काममा भने यो लगाउनैपर्छ । अर्थात् यसको जरुरी कति वा कुन बेला हुन्छ, त्यसबेला मात्र प्रयोग गर्नुपर्छ । ९प्राकृतिक तथा दुखाइरोग विशेषज्ञ डा। पौडेल इन्टरनेसनल हेल्थ रिसोर्ट, सतुंगल, काठमाडौंका निर्देशक हुन् । उनीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित०


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda