लघुवित्त संस्था विरुद्ध धर्ना
लघुवित्त संस्था विरुद्ध धर्ना
लघुवित्त वित्तिय संस्थाविरुद्ध ऋणीहरुले धर्ना थालेका छन् । लघुविक्त संस्थाले ज्यादती गरेको भन्दै विगत तिन दिन देखि ऋणीहरुले जिल्ला प्रशासन कार्यालय अघि धर्ना दिएका हुन् । लघुवित्त खारेजी गर्नुपर्ने, गरिव किसानलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने लगायतको माग अघि सार्दै उनिहरु आन्दोलनमा उत्रिएका हुन् । उनिहरुले लघुविक्तको सामुहिक ऋण मिनाहा गर्नुपर्ने माग अघि सारेका छन् । लघुविक्तबाट ऋण लिएका गोरखामा झण्डै तिन सय जना किस्ता तिर्न नसक्दा विलखवन्दमा परेका छन् । किस्ता तिर्न दवाव दिने लघुविक्तका कर्मचारीको ब्यवहार प्रति पनि उनिहरुको दुखेसो छ ।