प्रधानमन्त्री प्रचण्ड आज गोरखा आउँदै
प्रधानमन्त्री प्रचण्ड आज गोरखा आउँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा आउने भएका छन् ।
आज दिउँसो ११ वजे हेलिकप्टर मार्फत गोरखा आउने प्रधानमन्त्री प्रचण्ड दिउँसो १ वजे गोरखा अस्पतालको स्वर्णजयन्ती कार्यक्रममा सहभागी वन्नेछन् । त्यस अघि पार्टी कार्यालय पाटेचौरमा े कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी वन्ने छन । २०२९ चैतमा स्थापना भएको गोरखा अस्पताल ५० वर्ष पुरा भएसँगै स्वर्णजयन्ती मनाउन लागेको हो । स्थापनाकालमा १५ वेडबाट सेवा शुरु गरेको अस्पताल २०६९ बाट ५० वेडमा स्तरोउन्नती भएको छ । ‘प्रदेशको सेकेण्डरी ए तहको गोरखा अस्पतालले पुर्ण रुपमा फुल फेजमा सेवा दिएको छ,’ गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले भने । स्वर्णजयन्तीको अवसरमा अस्पतालमा स्थापना भएको पाच वेड क्षमताको आइसियु कक्षको पनि आज प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । आवश्यक जनशक्ति थप गरेर अस्पतालले आइसियु कक्ष संचालनमा ल्याउन लागेको हो । सोहि अवसरमा स्वर्णजयन्ती स्तभ्भको अनावरण सगै स्वर्णजयन्ती समारोहलाई दाहालले सम्वोधन गर्नेछन् । सोहि अवसरमा अस्पतालले प्रकाशन गरेको स्वर्णजयन्ती स्मारिकाको पनि विमोचन कार्यक्रम राखिएको छ । आज विहान आठ वजेबाट रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको छ । २०७२ वैशाख १२ को भूकम्पले क्षति पु¥याएको गोरखा अस्पतालको भवन पुननिर्माण गरिसँगै सेवा थप गर्दै लगिएको छ ।