‘वुढीगण्डकी छिट्टै निर्माणको चरणमा जान्छ’

‘वुढीगण्डकी छिट्टै निर्माणको चरणमा जान्छ’


मङ्लबार, चैत्र २८, २०७९


‘वुढीगण्डकी छिट्टै निर्माणको चरणमा जान्छ’

प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखा र धादिङ सिमा क्षेत्रमा वन्ने वुढीगण्डकी जलविद्युत आयोजनाको छिट्टै शिलन्यास हुने बताएका छन् । शुक्रबार गोरखा आएका दाहालले चुनावी दौरानको क्रममा गरेको प्रतिवद्धतालाई पुरा गर्दै अघि वढ्ने बताए ।
‘वुढीगण्डकी जलविद्युत आयोजनाको मोडालिटिको विषयमा छलफल चलिरहेको छ, छिट्टै शिलन्यास गर्ने ढंगले काम भइरहेको छ,’ उनले भने, ‘वुढीगण्डकीलाई उच्च प्राथमिकतामा मात्र राखिएको छैन, प्रक्रिया धेरे अघि वढेको छ ।’ गोरखाकाली रवर उद्योग संचालन गर्ने विषयमा पनि पटक÷पटक छलफल भइरहेको उलने बताए । ‘अध्ययन टोलीललाई रवर उद्योग कसरी संचालन गर्न सकिन्छ, वुदागत रुपमा अप्सन सहित दिन भनेको छु, रिपोट आउदै छ,’ उनले भने । पालुङटार यारपोटलाई पनि तालिम केन्द्रको रुपमा विकास गर्ने गरि अध्ययन र छलफल भइरहेको उनले बताए ।
नेपाल विद्युत प्राधिकरणको अधिकांश सेयर स्वामित्वमा १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजना निर्माण हुने भएको छ । गोरखा र धादिङको सिमानामा निर्माण हुने राष्ट्रिय गौरवको आयोजनामा प्राधिकरणको बहुमत सेयर स्वामित्व रहने गरी अघि बढाउन लागिएको हो ।
केहि दिन अघि आयोजनाको सेयर संरचना लगायतका विषयमा अन्तिम टुंगो लगाउन विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलले दिने प्रतिवेदनका आधारमा सेयर संरचनामा संशोधन गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशन अनुसार आयोजना विद्युत प्राधिकरणको नेतृत्वमा अगाडि बढाउनका लागि सेयर संरचनामा परिवर्तन गर्न लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बताए । प्राधिकरणको अधिकतम सेयर स्वामित्व रहने गरी कम्पनी मोडलमा बूढीगण्डकी जलाशय आयोजना निर्माण गरिनेछ । सम्भाव्यता अध्ययन भइसकेपछि धेरै उतारचढाव झेल्दै आएको आयोजना विभिन्न कारणले झन्डै रोकिएको थियो । पछिल्लो समय सरकारले बूढीगण्डकी हाइड्रो पावर पब्लिक लिमिटेड स्थापना गरी आयोजनालाई नयाँ जीवन दिने निर्णय गरेको छ । पहिलो पटक सन् १९८३÷८४ मा कूल ६०० मेगावाट क्षमता रहने गरी आयोजनाको सम्भाव्यता अध्ययन गरिएको थियो । सो अध्ययनलाई अध्यावधिक गर्दै प्राधिकरणले सन् २०१० मा थप अध्ययन गरेको थियो । सन् २०१२ मा प्राधिकरणले पुनःसम्भाव्यता अध्ययन, विस्तृत डिजाइन तथा बोलपत्र दस्तावेज तयार पारेर फ्रान्सेली कम्पनी ट्याक्टबेलसँग सम्झौता गरेको थियो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले यो आयोजना निर्माण गर्नका लागि विकास समिति गठन गरेको थियो । सोही समितिलाई नै फ्रान्सेली कम्पनीले सन् २०१४ मा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बुझाएको थियो । सन् २०१७ मा ऊर्जा मन्त्रालयल र चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कम्पनीबीच इपिसिएफ मोडलमा आयोजना निर्माण गर्न समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही वर्ष राष्ट्रिय योजना आयोगको प्रतिवेदनका आधारमा सन् २०१७ मा नै सरकारले स्वदेशी लगानीमा आयोजना निर्माण गर्ने निर्णय भएको थियो । सन् २०१८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुनः चिनियाँ कम्पनी गेजुवालाई नै सो आयोजना जिम्मा दिने निर्णय भयो । सो कम्पनी सम्पर्कमा नरहेपछि सरकारले सन् २०२२ मा आयोजना चिनियाँ कम्पनीबाट आयोजना फिर्ता ल्याई कम्पनी स्थापना गर्ने निर्णय गर्यो । कम्पनी रजिष्ट्रार कार्यालयमा २०७९ भदौ १७ गते आधिकारिक रुपमा बूढीगण्डकी जलविद्युत कम्पनी स्थापना भयो । विद्यमान कार्यविधिअनुसार सार्वजनिक कम्पनीको अधिकृत पूँजी २० अर्ब र जारी पुँजी २० अर्ब रुपैयाँ हुनेछ । हालको संरचनाअनुसार सर्वसाधारणका लागि जारी हुने बाँकी सेयरमध्ये ऊर्जा मन्त्रालयको ५० प्रतिशत, अर्थ मन्त्रालयको ३० प्रतिशत र प्राधिकरणको २० प्रतिशत सेयर हुनेछ ।
आयोजनाको थप विवरण
आयोजना ः बूढीगण्डकी जलाशय
क्षमता ः १२०० मेगावाट
आयोजनास्थल ः गोरखा र धादिङ
वार्षिक विद्युत उत्पादन ः ३३८३ गिगावाट घन्टा
बर्खायाम ः १९७५ गिगावाट घन्टा
हिउँदयाम ः १४०८ गिगावाट घन्टा
युनिट ः ६ वटा
प्रसारण लाइन ः ४०० केभी, डबल सर्किट
विद्युत जडान गर्ने स्थान ः ४०० केभी नौंबीसे र हेटौंडा सबस्टेसन
अनुमानित लागत ः करिब ३ खर्ब रुपैयाँ
लगानी असुल हुने अवधि ः ११ वर्ष
रोजगारी ः ६००० जना
तटीय लाभ ः आयोजनाको तल्लो तटमा बाढी नियन्त्रण तथा हिउँदमा नारायणी नदी र गण्डकमा पानीको बहावमा वृद्धि


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda