गोरखा–जितगढी पदयात्रा शुरु

गोरखा–जितगढी पदयात्रा शुरु


बिहिबार, चैत्र ३०, २०७९


गोरखा–जितगढी पदयात्रा शुरु

प्रथम ऐतिहासिक गोरखा–जितगढी एकीकरण मार्ग पदयात्रा शुरु भएको छ । नेपाल एकीकरणको दौरान प्रयोग भएका मार्गलाई समेटेर वुधवारबाट पदयात्रा शुरु गरिएको हो ।
नेपाली सेनाको अगुवाई एवं गोरखा र पालुङटार नगरपालिकाको सहकार्यमा शुरु भएको यात्रामा क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा ४८ जना सहभागी छन् । नेपालको राष्ट्रिय झण्डाको साथमा एकीकरणको दौरान स्थापना भएका ५ प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज,पुरानो गोरख) र जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजागाजा सहित उनीहरु यात्रामा निस्किएका हुन् ।
सतिघाट पुगेर गोरखाको टोलीले तनहूलाई झण्डा हस्तान्तरण गर्नेछ । तनहूँको टोलीले केलादीघाट पुगेर पाल्पालाई र पाल्पाले नुवाकोटगढी पुगेर रुपेन्देहीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको रिपुमर्दन गणका गणपति हेमराज बिष्टले बताए । रुपन्देहीको टोलीले बैशाख ७ गते जितगढी पु¥याएपछि यात्रा सम्पन्न हुने उनले जानकारी दिए । ‘बुटवल उपमहानगरपालिकाको सहकार्यमा नेपाली सेनाले पुननिर्माण गरेको ऐतिहासिक जितगढी बैशाख ७ गते प्रधान सेनापती ज्यूँबाट उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम छ,’ उनले भने, ‘सोही दिन गोरखा–जितगढी पदयात्रालाई समापन गर्ने योजना हो ।’ यात्रामा गोरखाको रिपुमर्दन गण, तनहूँको रुरु भैरव दल गण, काली भञ्जन गण, राजदल गण, स्याङजाको समरजीत गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण प्रत्यक्ष सहभागी हुने छन् ।गोरखादेखि जितगढीसम्म करिव २०७ किलोमिटर दुरीको पदयात्रा हुने बताइएको छ । यात्रामा निस्किएका टोलीलाई वुधवार एक कार्यक्रमका बिच झण्डा हस्तान्तरण गरेर विदाइ गरिएको छ । नेपाली सेनाका पश्चित पृतनापति दिपक कुमार वानियाको उपस्थितीमा उनीहरुलाई झण्डा हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै वानियाले राज्य एकीकरणको दौरान प्रयोग भएका पदमार्गको प्रचार प्रसार एवं संरक्षणका लागी पदयात्रा शुरु गरिएको बताए । विगत पाँच बर्षदेखि नेपाली सेनाको अगुवाईमा गोरखा काठमाण्डौ एकीकरण मार्गमा पदयात्रा हुदै आएको बताउदै उनले यो गोरखा–जितगढी यात्राले पनि हरेक बर्ष निरन्तरता पाउने जानकारी दिए । कार्यक्रममा बोल्दै गोरखा नगरपालिका मेयर कृष्ण रानाले जिल्लाको पर्यटन प्रवद्र्धनमा पदायात्राले सहयोग पुग्ने धारणा व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले पुरातात्विक महत्वका बिषयलाई संरक्षण र प्रवद्र्धन गर्न पदयात्राले सहयोग पुग्ने बताए । पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाले पदयात्राको उदेश्य अनुरुप फाइदा लिन स्थानीय तहहरु चुक्न नहुने बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda