पालुङटार एयरपोर्ट स्तरोन्नतीको काम सुरु
पालुङटार एयरपोर्ट स्तरोन्नतीको काम सुरु
पालुङटार नगरपालिका –५ स्थिति हवाइमैदान संचालनमा नआएको चार दशक वित्यो । पहिलो संविधान सभा निर्वाचन देखि चुनावी नारा वनेपनि हवाइमैदानको अवस्था उस्तै छ ।
प्रधानमन्त्री पुष्पमकमल दाहालले पनि चुनावको वेला पालुङटार हवाइमैदान संचालनलाई चुनावी मुद्धा बनाएका थिए । पाइलोटको प्रशिक्षण केन्द्रको रुपमा हवाइमैदान संचालन गर्न सकिने गरि छलफल अघि वढेको उनले बताउदै आएका छन् । २०३६ साल यता हवाइमैदान संचालनमा नआउँदा गौचरणमा परिणत भएको छ । उत्त यारपोटबाट २०१७ सालबाट काठमाडौ, पोखरा र भरतपुरमा उडान हुने गथ्र्यो । पृथ्वीराजमार्ग निर्माण भएसँगै जहाज चढ्नेको संख्या घट्दै जाँदा यारपोट वन्द हुन पुग्यो । २०३६ सालबाट उडान बन्द भएको पालुङटार एयरपोटका संरचना समेत लथालिङ्ग वनेका छन् । पुनः संचालनका नागरिक उययन प्राधिकरणले दुई वर्ष अघि एयरपोर्ट स्तरोन्नतीको काम सुरु गरेको छ । २०७७ असार ३१ गते रन–वे सफा गर्ने, ग्राभेल गरेर कम्प्याक्ट गर्र्ने एयरपोर्ट वरपर तारवार लगाउन काष्ठमाण्डप कन्स्ट्रक्सन प्रालिसँग तीन करोड १७ लाख ५० हजारमा ठेक्का सम्झौता भएको थियो । रन(वे को बिचमा सडक र एयरपोर्टको जग्गामा घर बनाएको देखिएपछि काम अघि नवढेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । एयरपोर्ट पुन संचालनमा आए गोरखा सहित लम्जुङ, तनहुँ र मनाङका स्थानीयलाई सहज वन्ने अपेक्षा गरिउको छ । नियमित फ्लाइट नभए पनि अल्ट्रालाइट, प्याराग्लाइडिङ, स्काई डाइभिङ गर्ने ठाउँ बनाउन सकिन्छ भनेर स्तरोन्नतीको काम थालिएको बताइएको छ । पालुङटार हवाइमैदान करिब १८५ रोपनी क्षेत्रफलमा फैलिएको छ । एयरपोर्ट यथाशीघ्र सन्चालनमा ल्याउन स्थानीयले माग गर्दै आएका छन् ।