गोरखाको चुमनुब्रीमा चुम श्याग्या शताब्दी महोत्सव सुरु
गोरखाको चुमनुब्रीमा चुम श्याग्या शताब्दी महोत्सव सुरु
चुमनुब्री गाउँपालिका वडा नम्बर ७ स्थित राजेन गुम्बामा वुधवारबाट चुम श्याग्या शताब्दी महोत्सव सुरु भएको छ । वि.सं. १९८० देखि यस क्षेत्रलाइ अहिँसा क्षेत्रको रुपमा घोषणा गरी पशुचौपाया, पशुपंछी लगायतका जनावरहरुको काटमारमा रोक लगाएको थियो ।
श्याग्या क्षेत्र घोषणा भएको सय वर्ष पुगेको अवसरमा वुधवार देखि बैशाख ९ गते सम्म महोत्सव संचालन हुने चुमनुव्री गाँउपालिकाका अध्यक्ष निमा लामाले बताए । महोत्सवको अवसरमा चुम क्षेत्रको संरक्षणमा टेवा पुर्याउने विभिन्न संघसस्था तथा व्यक्तिहरुलाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको छ । सोही आवसरमा अहिंसाको दिर्घकालिन सम्म निरन्तरताको लागि स्थानियहरुले लिखित प्रतिवद्दता जानउने कार्यक्रम समेत रहेको छ । महोत्सवमा स्थानियहरु स्थानिय सस्कृति तथा भेषभुसामा उस्थित भएका थिए । महोत्सवमा भाग लिनका लागि चुमनुब्री गाँउपालिका, धार्चे गाउँपालिकाका स्थानिय लगायत विभिन्न ठाउबाट दर्शकहरु राजेन गुम्बामा भेला भएका थिए ।