लायन्स क्लव अफ गोरखा तारानगरको अध्यक्षमा कुँवर
लायन्स क्लव अफ गोरखा तारानगरको अध्यक्षमा कुँवर
गोरखा : लायन्स क्लव अफ गोरखा तारानगरकोे अध्यक्षमा सुनिल कुँवर चयन भएका छन् । लायन्स क्लव अफ गोरखा तारानगरकोे वर्ष २०२३/०२४ का लागि अध्यक्षमा कुवँर चयन भएका हुन् ।
चौतारी भ्यू प्वाइन्ट गोरखामा भएको वार्षिक साधारण सभा तथा अधिवेशनबाट कार्य समितिको प्रथम उपाध्यक्षमा गणेश बहादुर बानियाँ, द्वितीय उपाध्यक्षमा राधिका कुमाल , तृतीय उपाध्यक्षमा नविन घिमिरे, सचिवमा विभोर कुमाल र कोषाध्यक्षमा सुरज घिमिरे चयन भएको वर्ष २०२२/२३ का सचिव नविन घिमिरेले जानकारी दिए ।
त्यस्तै गरी क्लव एड्मिनेटरमा जलन ढकाल, सह–सचिवमा रेनकुमार थापा मगर, सह–कोषाध्यक्षमा सुवास पोखरेल, एलसिआईएफ चेयर पर्सनमा हरी देवकोटा, मेम्बरसिप चेयर पर्सनमा चित्र बहादुर अधिकारी, क्लव सर्भिस चेयरपर्सनमा कमला भण्डारी चयन भएका छन् ।
क्लव मार्केटिङ एण्ड कम्युनिकेसन चेयर पर्सनमा विनोद श्रेष्ठ, टेमरमा पर्वत ढकाल, टेलटुइस्टरमा राम बहादुर नेपाली, हेल्थ डाइरेक्टरमा मिलन खड्का, फेलोसिप डाइरेक्टरमा सन्दिप श्रेष्ठ, कल्चर डाइरेकटरमा दिपक अधिकारी, डाइरेक्टरमा सुरेन लामीछाने, सन्तोष सिंखडा, हिरा कुमार श्रेष्ठ, लियो सल्लाहाकारमा यम बहादुर बसेल चयन भएको लायन्स क्लव अफ गोरखा तारानगरले जनाएको छ ।