मर्मत गर्दै गोरखा कालिका मन्दिर

मर्मत गर्दै गोरखा कालिका मन्दिर


बुधबार, बैशाख १३, २०८०


मर्मत गर्दै गोरखा कालिका मन्दिर

गोरखा दरबार क्षेत्रको कालिका मन्दिर शाहवंशीय राजाका कुलदेवता मानिन्छ । यो मन्दिर झन्डै ४ सय वर्ष पुरानो मानिन्छ । २०७२ को भूकम्पले क्षति पु¥याएपछि यहाँका पुरातात्त्विक र ऐतिहासिक सम्पदाको पुनर्निर्माण गर्नुपरेको छ ।
यस ऐतिहासिक थलोमा रहेका सम्पदा पुनर्निर्माण अब पूरा हुने चरण पुगेको छ । गोरखा कालिका मन्दिर र रंगमहलको प्रबलीकरण (रेट्रोफिटिङ) को काम अब करिब ८५ प्रतिशत सकिएको छ । भूकम्पले मन्दिरको पूर्वी र दक्षिण भागको गारो चर्किएको थियो । झिँगटीका छाना खसेर पानी चुहिन्थ्यो ।
गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालका अनुसार गत वर्ष साउनमा सुरु भएको निर्माण कार्य आगामी असारमा मर्मतको काम सकिनेछ । ‘प्रबलीकरण र सबलीकरण (रेट्रोफिटिङ) को माध्यमबाट पूरै संरचना नभत्काई मजबुद बनाउने काम भइरहेको छ,’ उनले भने, ‘गारो, जग मजबुद बनाउने, टेका लगाउने छाना फेर्ने काम गरिएको छ ।’
प्रमुख भुसालका अनुसार कालिका मन्दिरमा सांस्कृतिक परम्परा छन् । ‘मूल गर्भगृह कोठामा अरू जान नहुने प्रचलन छ, वायुकोठा खोल्न नहुने मान्यता छ,’ उनले भने, ‘धार्मिक मान्यता र सांस्कृतिक परपम्परालाई जीवन्त राख्दै, पूरै मन्दिर नभत्काई, जहाँजहाँ मजबुत बनाउनुपर्ने छ, त्यस भागमा काम गरेका हौं ।’ मन्दिरको मर्मत सुरु भएयता चैते अष्टमीलगायत सांस्कृतिक गतिविधिसहितको नित्य पूजा नवनिर्मित गोरखा दरबारको भुइँतलामा रहेको राजकन्या कोठाबाट सञ्चालन गरिएको छ । मन्दिरको अहिले छानाको काम भइरहेको छ । मन्दिरभित्रको काम अन्तिम चरणमा पुगेको छ । मन्दिर रेट्रोफिटिङ गर्न १ करोड ९५ लाख ६५ हजार लागत अनुमान गरिएको छ । कालिका मन्दिर र रंगमहलको मर्मतको काम सकिएसँगै २०७२ को भूकम्पले भत्काएको गोरखा दरबार परिसरमा रहेको अधिकांश सरंचना मजबुद बन्नेछन् । भूकम्पले भत्काएको गोरखा दरबार, पण्डित पाटी, श्रीविद्यामन्दिर, उपल्लो कोट र तल्लोक कोटको पाटी, रोट पार्टीको पुनर्निर्माण भइसकेको छ । गोरखाका कालिका मन्दिर, रंगमहल, चौघेरा दरबार, गोरखनाथ मन्दिर, उपल्लो कोटको पञ्चायन शिवको मन्दिर मर्मत गरिएको छ । अहिले दरबारको दक्षिणपूर्वमा रहेको सीडी मर्मतको काम जारी छ । गोरखा दरबारको संरचना निर्माण मिति यकिन लिखत प्रमाण छैन । वंशावली र किम्वदन्ती अनुसार रामशाहको पालामा अहिलेको स्वरूपमा मूल दरबार, गोरखकाली मन्दिरलगायतका संरचना बनेको भुसालले बताए ।
‘रामशाह पछिका राजाबाट संरचनामा थपघट भएको पाइन्छ, आगोलागी, चट्याङले क्षति पुगेपछि बेलाबेला मर्मतसम्भार भएको पाउँछौं,’ उनले भने । द्रव्यशाहले गोरखा राज्यबाट राजकाज सुरु गरेसँगै कालिका मन्दिर स्थापना गरिएको भन्ने मान्यता रहेको उनले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda