संघमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री

संघमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री


शनिबार, बैशाख १६, २०८०


संघमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री

मंसिर ४ को निर्वाचनमा चर्चामा रहेको गोरखा–२ बाट निर्वाचित सांसद प्रधानमन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्री वनेका छन् ।
गोरखा–२ को प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रधानमन्त्री छन् । विहिबार गोरखा २(२) प्रदेश सभामा निर्वाचित सुरेन्द्र राज पाण्डे पनि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुत्त भएका छन् । गोरखा क्षेत्र नम्बर २ जौवारी घर भएका नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सांसद छन् । माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री पनि छन् । यस्तै गोरखा २ कै हितराज पाण्डे समानुपातिकतर्फबाट माओवादी केन्द्रमा सांसद छन् । माओवादीका सचिव रहेका उनी प्रमुख सचेतक समेत हुन् । गोरखा २ कै कमला पन्त कांग्रेसबाट राष्ट्रिय सभा सांसद छिन् । गोरखाबाटै प्रदेश सभामा निर्वाचित वनेका कृष्ण धिताल पनि गण्डकी प्रदेशका सभामुख छन् ।
गत मंसिरमा भएको चुनावमा गोरखा २ चर्चामा रहेको थियो । चितवन छाडेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा २ उम्मेदवार बनेका थिए । चुनावपछि प्रचण्ड (गत पुस १० गतेदेखि) प्रधानमन्त्री छन् । चुनाव प्रचारप्रसारका प्रचण्डले चुनाव जितेपछि आफु प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने भन्दै मतदातामाझ प्रस्तुत हुन्थे । पाण्डे नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । प्रचण्ड चुनाव उठेकै क्षेत्र गोरखा २ को प्रदेश सभा क्षेत्र २ बाट पाण्डे गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । प्रचण्डले चुनावका बेला आफू प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बनेपछि गोरखामा विकास निर्माणले गति लिने दाबी गरेका थिए । गोरखा २ मा चुनाव लड्न नेपाली कांग्रेसले पाण्डेको नाम एकल सिफारिस गरेको थियो । तर गठबन्धन हुने, प्रचण्ड नै उम्मेदवार हुन आउने भनेपछि पाण्डे प्रदेश सभामा उम्मेदवार भए । प्रधानमन्त्री र मुख्यमन्त्री भएमा गोरखाका बाटाघाटा कुनैमा पनि धुलो नउड्ने भन्दै चुनावी प्रचारको क्रममा मतदातालाई आश्वस्त गरिएको थियो । प्रतिनिधि सभामा जितेका प्रचण्ड प्रधानमन्त्री र प्रदेश सभामा जितेका पाण्डे मुख्यमन्त्री बनेको गोरखा २ अरू सांसदले कार्यकारी भूमिका पाउने सम्भावना छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda