चार वर्ष पछि पारिवारीक पुर्नमिलन
चार वर्ष पछि पारिवारीक पुर्नमिलन
मानव सेवा आश्रममा आश्रीत हिमाल परियारको चार वर्ष पछि पारिवारीक पुनर्मिलन भएको छ ।
शनिबार हिमाललाई उनको वुवा कृष्ण परियारको जिम्मा लगाइएको हो । नवलपुरको गैडाकोट स्थायी घर भइ पोखरा वस्दै आएका हिमाल २०७५ साउन यता परिवारको सम्पर्क वाहिर थिए । वेवारिसे अवस्थामा २०७६ मंसिरमा पोखरामा भेटिएका हिमाललाई मानव सेवा आश्रमले उद्धार गरेको थियो । १४ बर्षिय हिमाल गोरखा सदरमुकाम स्थित मनकामना वोर्डिङ स्कुलमा ४ कक्षामा अध्ययनरत थिए । उनका वुवा कृष्ण सम्पर्कमा आएसँगै पारिवारीक पुनरमिलन गराइएको मानव सेवा आश्रमकी मुना लामाले बताइन् । प्रहरी, प्रशासन र वडा नम्वर ६ का जनप्रनिनिधिको राहोवरमा हिमाललाई उनको वुवा कृष्णको जिम्मा लगाइएको हो । छोरा हिमालको पठन पाठनलाई निरन्तरता दिने कृष्णले बताए । हिमालकै राजीखुसीमा पारिवारीक पुनर्मिलन गराइएको मानव सेवा आश्रमले जनाएको छ ।