वन्दावालि उत्पादन कृषक पाठशाला
वन्दावालि उत्पादन कृषक पाठशाला
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना अन्तरगत बारपाक सुलकोट गाउँपालिका–४ सिम्वुमा वन्दा वाली उत्पादन कृषक पाठशाला भएको छ ।
समुहका २५ सदस्यलाई वन्दा उत्पादनमा सहयोग पु¥याउने उदेश्यले पाठशाला संचालन गरिएको हो । लालिगुरास वन्दा वालि उत्पादन कृषक समुहलाई एक रोपनी क्षेत्रफलमा वन्दा लगाउँदै विरुवा उत्पादन देखि वजारीकरण सम्मको गतिविधिको वारेमा प्रशिक्षण दिइएको छ । १६ वटा कक्षा संचालन गरि वन्दाको वेर्ना उत्पादन, उत्पादनको समयमा देखिने समस्या र वजारीकरणको वारेमा पनि जानकारी गराइएको एकिकरण नेपालका कृषि प्राविधिक सन्जीत गुरुङलदे बताए । ‘वन्दा उत्पादनमा सहयोग पुग्ने अपेक्षा सहित पाठशाला कार्यक्रम संचालन गरेका हौँ,’ उनले भने । खाद्य तथा कृषि संगठको प्राविधिक सहयोगमा कार्यक्रम संचालन गरिएको हो । एक रोपनी क्षेत्रफलमा सामुहिक वन्दा खेति गरेका समुहलाई आफ्नै खेतवारीमा वन्दा उत्पादनमा सक्षम वनाउने कार्यक्रमको उदेश्य छ । आइतबार समुहका अध्यक्ष मान वहादुर गुरुङको अध्यक्षतामा भएको पाठशाला समापन कार्यक्रममा वारपाक सुलिकोट गापालिकाका अध्यक्ष विष्णु भट्ट, वडा नम्वर ४ अध्यक्ष भिम वहादुर गुरुङ, एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटा, वारपाक सुलिकोट गाउपालिकाका कार्यपालिका सदस्य जित वहादुर नेपाली, वडा सदस्य सुनिम गुरुङ लगायतको सहभागीता रहेको थियो