पुर्वाधार विकासका लागि वजेट ब्यवस्थाको माग
पुर्वाधार विकासका लागि वजेट ब्यवस्थाको माग
नगरपालिका–१० को मनकामना वहिरा आवासीय माध्यमिक विद्यालयले पुर्वाधारयुत्त विशेष शिक्षा आवासीय विद्यालय कार्यक्रमका लागि बजेट ब्यवस्थाको माग गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालाई माग पत्र वुझाउदै विद्यालयको समग्र भौतिक संरचना निर्माणका लागि आवश्यक वजेट ब्यवस्थाको लागि माग गरको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको २०७५ चैत २१ गतेको मन्त्रीस्तरीय निर्णयबाट गण्डकी प्रदेश स्तरीय पुर्वाधारयुत्त विशेष शिक्षा आवासीय विद्यालय कार्यक्रम कार्यन्वयनको क्रममा रहेको पत्रमा उल्लेख छ । उत्त कार्यक्रम कार्यन्वयनको क्रममा विद्यालयले गुरुयोजनना निर्माण, विस्तृत परियोजना प्रतिवेदन तयार गरी भौतिक संरचना निर्माणको क्रममा रहेको छ । विस्तृत परियोजना प्रतिवेदनमा भौतिक संरचना निर्माणका लागि २३ करोड ९० लाख ३९ हजार वजेट आवश्यक पर्ने देखिएको छ । तर हाल सम्म तिन करोड ५० लाख वजेट प्राप्त हुँदा सोचेजस्तो भौतिक पुर्वाधारको काम अघि वढ्ुन नसकेको पत्रमा भनिएको छ । गण्डकी प्रदेशको कार्यक्रम भएपनि वजेट अभावले गति लिन नसकेको भन्दै आवश्यक वजेट ब्यवस्थाको माग गरिएको हो । विद्यालयको पुर्वाधार विकास सँगै अपाङ्गगता भएका ब्याक्तिको विशेष शिक्षाको वारेमा पनि छलफल भएको थियो ।