पृथ्वी नारायण साना शहरीको ६ वटा क्षेत्रीय समिति गठन
पृथ्वी नारायण साना शहरीको ६ वटा क्षेत्रीय समिति गठन
पृथ्वी नारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तरगतको क्षेत्रीय समिति गठन भएको छ । १६ गते देखि १८ गते सम्म क्षेत्रीय स्तरमा भएको भेलाले ६ वटा क्षेत्रीय समितिको संयोजक सहितको समिति गठन गरेको हो । हरमटारीको संयोजमा उपेन्द्र देवकोटा चयन भएका छन् । रानी वन वराहको ६ सदस्य निर्वाचित भएका छन् । उत्त समितिको संयोजक टुङ्गो लाग्न वाकी छ । पाटेचौर क्षेत्रीय समितिको वावुराम श्रेष्ठ, पदेली ठुलोआगन समितिको अयोध्या जोशि, धारापानी नयावजार क्षेत्रमा हरिकुमार श्रेष्ठ संयोजक चयन भएका छन् । एक सदस्य सचिव र संयोजक सहित सात सदस्यीय समिति गठन गरिएको पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका पानी सुरक्षा समिति संयोजक शरद श्रेष्ठले जानकारी दिए । क्षेत्रीय समितिले टोल समिति गठन गर्ने, धारा सिफारिस, पानी संरक्षण लगायतको कार्य गर्ने गर्छ । पृथ्वीनारायण साना शहरीमा सदरमुकाम क्षेत्रका १३ सय ४० उपभोक्ता छन् । मंगलबारबाट वुंकोट छाङ खोलाको मुहान सफाईको काम पनि शुरु भएको श्रेष्ठले बताए । १ नम्वर ट्याङकी र मुहान क्षेत्रको सरसफाईमा मात्र एक महिना लाग्ने उनले बताए । सदरमुकाम क्षेत्रमा शहिद लखन गाऊँपालिका ७ बुंकोटको छाङखोला र धोक्रेखोलाबाट लिफ्टिङ गरेर पानी आपूर्ति गरी वितरण हुदै आएको छ । सदरमुकाम क्षेत्रमा दैनिक १२ लाख लिटर पानीको माग छ । सदरमुकाम क्षेत्रमै पानी वितरणका लागि दरौदी लिफ्टीङ आयोजनाको पनि निर्माण गरिएको छ ।