नेत्रज्योती संघको सभापतिमा मास्के
नेत्रज्योती संघको सभापतिमा मास्के
नेपाल नेत्रज्योती संघ जिल्ला शाखा गोरखाको सभापतिमा शिक्तल काजी मास्के निर्वाचित भएका छन् ।
शनिबार भएको १३ औँ बार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनले मास्केको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको सदस्यहरुमा रामवावु जोशी,योङ कुमार श्रेष्ठ, लक्ष्मण वावु आचार्य, सिताराम तिवारी, श्याम वावु श्रेष्ठ, सुजन कुँवर, श्यामवावु जोशी, सन्जय अधिकारी, सन्तोषी श्रेष्ठ जोशी, मन्जु अर्याल, वसुन्धरा जोशी र उमा जोशि छन् । संघका पदाधिकारी भने चयन गर्न वाकी छ । राम कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेत्रज्योती संघ वाग्मती प्रदेश सभापति ऋषिराम पौडेल,केन्द्रिय सदस्य चिजकुमार श्रेष्ठ, संघका गण्डकी प्रदेश सचिव श्रवण जोशी, निवर्तमान सभापति पोवनाथ घिमिरे, सल्लाहाकार धिरज मास्के, लायन्स क्लव अफ गोरखाका अध्यक्ष लक्ष्मण आचार्य, वद्रिवहादुर मास्के, मन्जु अर्याल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा सचिवको र कोषाध्यक्षको प्रतिवेदन पनि पेश भएको थियो ।