जेसिजको महासचिवका भेला सम्पन्न
जेसिजको महासचिवका भेला सम्पन्न
नेपाल जेसिजको महासचिव भेला गोरखा भएको छ ।
वैशाख २२ र २३ गते नेपाल जेसिज बर्ष २०२३ का महासचिवहरुको भेलाले आउँदो दिनमा जेसिज प्रति महासचिवहरुले गर्नु पर्ने काम र कर्तव्य बारे छलफल गरेका थिए । साथै सम्पूर्ण शाखाका महासचिवहरु विच परिचयात्मक कार्यक्रम भएको छ । भेलामा उपस्थित शाखा महासचिवहरुले गारखा सग्राहालय द्रव्य शाह चौतारा, चिल्ड्रेन पार्क, भिमसेन पार्क, गोरखा दरबार लगायतका ठाँउहरुको अवलोकन समेत गरेका थिए । नाल्दुम नगरकोट जेसिज २०२३ का महासचिव दिपा लामाले जेसिजको आस्था पाठ बाचन गरेका थिए भने कार्यक्रमको सहजिकरण गोरखा जेसिज २०२३ का महासिचव संगमबाबु श्रेष्ठले गरेका थिए ।