हत्या आरोपमा एक पक्राउ
हत्या आरोपमा एक पक्राउ
चुमनुव्री गाउँपालिका–४ नामरुङका ४५ वर्षिय दोर्जे घ्याल्जेनको हत्या आरोपमा सोहि ठाउँका छिरिङ धुनडुपलाई प्रहरीले पक्राउ गरेको छ ।
वैशाख १७ गते आफ्नै घरमा मृत अवस्थामा फेला परेका दोर्जेका घाँटीमा चोट देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । घाँटीको अगाडिको भागमा धारिलो हतियार प्रहार गरेजस्तो चोट देखिएको प्रहरीले जनाएको छ । घटनावारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरिक्षक राम्जी देवकोटा नेतृत्वको टोली खटिएका थिए । अनुसन्धानको त्रममा ५९ वर्षिय छिरिङले धारिलो हतियार चक्कु प्रहरी गरि कर्तब्य गरी मारेको खुल्न आएको प्रहरीले जनाएको छ । छिरिङलाई वैशाख २३ गते प्रहरीले पक्राउ गरेको थियो । सोमबार कर्तब्य ज्यान शिर्षकमा मुद्धा दर्ता गरि घटनावारे थप अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
त्यस्तै मादक पदार्थ सेवन गरी अपशब्द प्रयोग गर्ने तथा हो–हल्ला गरि अशान्ति मच्चाएको आरोपमा सिरानचोक गाउँपालिका–६ का अशोक गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २३ गते स्थानीयलाई अपशब्द प्रयोग गर्ने, तथानाम गाली गलौज गर्ने, इट्टा ढुङ्गा समेत प्रहार गरी अशान्ति मच्चाएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोमबार आरोपित विरुद्ध अभद्र ब्यवहार शिर्षमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।