गोरखा नगरपालिकाको विवाद चर्कदै
गोरखा नगरपालिकाको विवाद चर्कदै
गोरखा नगरपालिकाका शिक्षा साखा प्रमुख चन्द्रवहादुर खड्काको राजिनामा माग गर्दै वडाअध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृलाई ज्ञापनपत्र वुझाएका छन् ।
सात वटा वडाका अध्यक्षहरुले मंगलबार शाखा प्रमुख खड्काको राजिनामा नआएसम्म कार्यपालिका वैठक नवोलाउन माग गरेका हुन् । ज्ञापनपत्रमा वडा नम्वर ४, ६, ७, ८, ११ र १४ का वडा अध्यक्षहरुको हस्ताक्षर छ । वैशाख १२ गते नगरपालिकाका मेयर कृष्ण रानाका स्वकीय सचिव अनिश अर्यालले शिक्षकको परिक्षाको विषयलाई लिएर शिक्षा शाखा प्रमुख खड्कालाई दुब्र्यवहार गरेपछि नगरपालिकाको विवाद सतहमा आएका थिए । केहि दिन देखि उपप्रमुख मसली मायाँ थोकर सहितका वहुमत कार्यपालिका सदस्यले स्वकिय सचिव अर्याललाई हटाउन माग राख्दै आएका छन । विवाद मत्थर नहुदा वुधबार सात वडाका वडा अध्यक्षहरुले शिक्षा शाखा प्रमुख खड्काको राजिनामा माग गरेसँगै कार्यपालिका सदस्य विभाजित वनेका हुन् । अंग्रेजी विषयमा शिक्षक नियुक्तीका लागि परेको विज्ञापनमा १५ जनाले निवेदन दिइ परिक्षामा सहभागी भएकोमा १ जनाको मात्र नाम निक्लनु त्रुटिभएको उनिहरुको ठम्याइ छ । ‘प्रश्नपत्र सामान्यतया तिन वटा कोणबाट हेरेर निकालिन्छ, २० प्रतिशत प्रश्न उत्कृष्टको हकमा, २० प्रतिशत न्यून चेतनाको हकमा र ६० प्रतिशत प्रश्न अन्यको हकमा हुने गरि निकालिन्छ,’ गोरखा नगरपालिका–११ का वडा अध्यक्ष रामवहादुर खड्काले भने,‘तर त्यहा त्यस्तो नभइ पुरै प्रश्न कठिन प्रकारको मात्र देखिन्छ, परिक्षामा सहभागी १५ जना मध्ये लिखित र मौखिक गरी वैकल्पिक सदस्य समेतको नाम छनौट गर्नु पर्नेमा १ जना मात्र उत्तीर्ण गराइएको वा छनौट रिएको छ ।’ टिक मार्क गर्न वाकी रहेको प्रश्न लिक भएको देखिएको ज्ञापनपत्रमा उल्लेख छ । ‘जसले गर्दा माध्यमिक तह पास भएर आएका शिक्षकहरुलाई फेल गराई आफ्नो भान्जादाइको छोरी भान्जी नाता पर्नेलाई पुरै सेटिङ गरी नाम निकालिएको देखिन्छ,’ उनले भने । शिक्षा शाखा प्रमुख खड्काले प्रशासनको मिलेमतोमा आर्थिक अनियमितता गर्ने, कर्मचारीमा राजनितिक गुटवन्दी गर्ने लगायतका अस्वभाविक र अमर्यादित ब्यवहार गरेकाले राजिनामा माग गरिएको ज्ञापनपत्रमा भनिएको छ । शिक्षक नियुक्तीको सवालमा उत्पन्न समस्या नजिकबाट वुझेको वडा अध्यक्ष खड्काले बताए । शिक्षक नियुक्तीको सवालमा उत्पन्न समस्या नजिकबाट वुझेको वडा अध्यक्ष खड्काले बताए । ‘उहाँहरु वहुमत छ भन्ने लाइनमा अघि वढेको अनुभुति भएको छ,’ उनले भने,‘सामान्य विवादमा स्वकिय सचिवको राजिनामा माग्नुले उहाँहरुको पनि राजनितिक हैसियत मापन गरेको छ ।’
शिक्षा साखा प्रमुख खड्काले निमिक्त प्रमुख प्रशासकीय अधिकृत हुँदा प्रशासनको दुरुपयोग गरेको उनिहरुले आरोप लगाए । गोरखा नगरपालिका–९ को का.स. गोमा कुवरलाई वडा अध्यक्षको सिफारिसमा २०७९ माघ १ गते करार म्याद थप सम्झौता गर्दै तलव वृद्धि गरेको ज्ञापनपत्रमा उल्लेख छ । खाइपाई आएको १५ हजारबाट वृद्धि गरि १८ हजार ९ सय ९७ रुपैया पु¥याइएको मंगलबार पत्रकार सम्मेलन बताइएको छ । ‘निमिक्त अधिकारीलाई यो अधिकार छ कि छैन हामीले अध्ययन गरेसम्म निमिक्त प्रमुखलाई यो अधिकार कानुनले दिदैन,’ वडा अध्यक्ष खड्काले भने । यसका लागि धेरे चलखेल भएको उनिहरुले बताए ।