छेवेटारमा निशुल्क आर्युवेदीक स्वास्थ्य शिविर
छेवेटारमा निशुल्क आर्युवेदीक स्वास्थ्य शिविर
गोरखाः गोरखा नगरपालिका–१० छेवेटारमा निशुल्क आर्युवेदीक स्वास्थ्य शिविर सम्पन्न भएका छ ।
गोरखा नगरपालिकाको आयोजनामा छेवेटार स्थित आधारभुत स्वास्थ्य केन्द्रमा भएको शिविरमा दुइ सय ७४ जनाले सेवा लिएका छन् । आर्युवेद चिकित्सालय नरदेवी काठमाडौका विशेषज्ञ चिकित्सकले स्वास्थ्य परिक्षण गराएका थिए ।
उत्त कार्यक्रममा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना, नरदेवी आर्युवेदीक चिकीत्सकालय काठमाडौका निर्देशक प्रदिप केसी, जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र गोरखाका प्रमुख प्रसान्त पण्डीत लगायतले मन्तब्य राखेका थिए ।