चुम्वा र नुव्री सुचिकृत
चुम्वा र नुव्री सुचिकृत
गोरखाः उत्तरी क्षेत्रमा वसोवास गर्ने समुदाय चुम्वा र नुब्रीको रुपमा सुचिकृत भएका छन् ।
२०७८ को सार्वजनिक जनगणना अनुसार चुमनुव्री गाउपालिका अन्तरगत १, २, ४, ५, ६ र ७ का समुदायका चुम्वा र नुव्री जातिको रुपमा सुचिकृत भएका हुन् । तथ्याङ्क विभागका अनुसार चुम्वा र नुब्रीको संख्या ४ हजार ४ सय १४ रहेको छ । पुरुषको दुइ हजार १ सय १४ र महिला २ हजार दुइ सय ३० रहेको जनगणनाको उल्लेख छ ।
यस अघि यस क्षेत्रका वासिन्दा तामाङ जातिमा सुचिकृत भएका थिए । जनगणनामा चुम्वा र नुव्री सुचिकृत गराई पहिचान दिलाउन यस क्षेत्रका वासिन्दा आफै जनगणनामा खटिएका थिए । जाति र भाषामा चुम र नुव्री लेखाउन यस क्षेत्रमा अभियान नै संचालन भएको थियो । जातिय आधारमा जिल्लामा सवैभन्दा वढी गुरुङको जनसंख्या रहेको छ ।
गोरखामा गुरुङको जनसंख्या ५२ हजार दुइ सय २१ रहेको छ । गोरखाको वारपाक सुलिकोट धार्चे, सिरानचोक गाउँपालिकामा गुरुङ समुदायको वाहुल्यता रहेको छ । दुइ लाख ५१ हजार २७ जनसंख्या रहेको गोरखमा व्रम्हाण समुदायको ३० हजार आठ सय ५२, मगर समुदायको २८ हजार ९ सय ५६, क्षेत्रीको संख्या २७ हजार एक सय ९३ रहेको तथ्याङ्ग सार्वजनिक भएको छ । बराम समुदायको जनसंख्या ६ हजार दुइ सय ४४, चेपाङ समुदायको जनसंख्या चार हजार दुइ सय ६८ रहेको छ
वारपाक सुलिकोट गाउपालिकामा वराम समुदायको वाहुल्यता रहेको छ । त्यस्तै गण्डकी र शहिद लखन गाउँपालिकामा चेपाङ समुदायको वसोवास रहदै आएको छ ।