मेलमिलाप सम्वन्धि तालिम शुरु
मेलमिलाप सम्वन्धि तालिम शुरु
गोरखाः गोरखा नगरपालिकामा मेलमिलपा सम्वन्धी आधारभुत तालिम शुरु भएको छ । तालिममा १४ वटै वडाका ५० भन्दा वढीको सहभागीता रहेको छ ।
विवादको साटो मेलमिलापको बाटो भन्ने मुल नाराका साथ तालिम शुरु भएको हो । तालिम असार ४ गते सम्म संचालन हुने छ ।
सोमबार भएको तालिम उद्घाटन कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना, उपप्रमुख मसली मायाँ थोकर, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन लगायतको सहभागिता रहेको थियो ।