लिगलिगकोटमा बज्छन् परम्परागत वाजा
लिगलिगकोटमा बज्छन् परम्परागत वाजा
गोरखाः परम्परादेखि वज्दै आएको नगरा र कर्नाल अझै पनि लिगलिगकोटमा दैनिक रुमा बज्छन् ।
७० बर्षिय राम्जी परियार विहान नौ लिगलिकोटको डाडाूमा पुगेर नगरा वजाउछन । उनका अनुसार लिगलिकोटमा निरन्तरता पाएको नगरा वजाउने परम्परा झण्डै चार सय वर्ष पहिले देखि शुरु भएको हो ।
लिगलिकोटमा नगरा सूगै रासा र कर्नाल फुक्ने प्रचलन थियो । दुइ जना सुसारे, एक जना पुरोहित, भैरम मन्दिरका पुजारी पनि थिए । गुठीको आम्दानीबाट संचालनमा रहेका अन्य परम्परा भने गुठी परम्परा अस्तब्यस्त वनेसूगै निरन्तरता पाउन सकेको छैन । नगरा सँगै लिगलिगकोटको डाडामा कर्नाल वज्ने प्रचलन भने कायम छ ।
बालिबाट संचालनमा रहेको परम्परा लिगलिकोट संरक्षण र विकासका लागी गठन भएको लिगलिगकोट विकास अभियानको गठन भएसँगै केहि राहत मिलेको छ । अभियान गठन भएसँगै शुरुमा मासिक पाँच सय, एक हजार तलवको ब्यवस्था गरिएको थियो ।
तिन वर्ष यता भने लिगलिकोटको परम्परालाई निरन्तरता दिने नगरा र कर्नाल फुक्ने वाहानादारलाई पालुङटार नगरपालिकाले ज्याला उपलब्ध गराउदै आएको छ । लिगलिकोट कालिका मन्दिरका पुजारीलाई मासिक तिन हजार, र वाहानादारले दुइ हजार रकम पाउूछन् । कटुवालको जिम्मेवारीमा रहेकालाई भने निमेकका हिसावले काम लगाउने गरिएको छ ।
अभियानले यहाूका पुजारी, वाहानादार र सरसफाई कर्मचारीलाई रकम उपलब्ध गराउन पहल गरेको थियो । अभियानले लिगलिकोटमा वज्ने वाजाका ‘वाहानादार’ लाई माघबाट आलोपालो प्रणाली पनि लागु गरेको छ । आलोपालो प्रणालीबाट वाहानादार राख्दा लिगलिकोटको डाडामा परम्परागत वाजा वजाउने परम्परालाई कहिलै नछुट्ने बताइएको छ ।
पछिल्लो समय लिगलिगकोट पुग्ने आन्तरिक पर्यटक पनि वढेका छन् । लिगलिगकोटमा विभिन्न पुर्वाधार निर्माणको क्रममा पनि रहेको छ । नेपाल राज्य स्थापनाको उद्गम थलोको रुपमा परिचित लिगलिगकोटलाई खेल पर्यटन मार्फत परिचित गराउन पनि स्थानीय सक्रिय छन् ।