क्यान्सर पिडित महिलालाई अस्पतालमै नागरिकता
क्यान्सर पिडित महिलालाई अस्पतालमै नागरिकता
गोरखाः जिल्ला प्रशासन कार्यलय गोरखाले त्रि.वि. टिचिङ हस्पिटल, काठ्माण्डौमा स्तन क्यान्सर भई उपचाररत पालुङटार–७ कि ३० बर्षिय रविना माया दरैलाई अस्पतालमै पुगेर नागरिता प्रदान गरेको छ ।
आवश्यक सवै प्रकृया पुरागरी नागरिकता उपलब्ध गराइएको प्रशासन कार्यालयले जनाएको छ । नागरिकता नहुँदा उनी बिपन्न गरिक औषधि उपचार कोष निर्देशिका, २०७५ लगायतका आधारमा प्राप्त हुने अवसर आर्थिक सहायताबाट वञ्चित रहनुपरेको थियो । प्रशासनमा उपस्थित हुन असहज अवस्था रहेकोले श्रीमानको सनाखत लगायत आवश्यक प्रकृया पुरा गरि सार्वजनिक विदाका दिन शनिबार काठमाडौ पुगेर नागरिकता प्रदान गरिएको हो ।
नागरिकता वितरणका लागि प्रशासकीय अधि नाकृत चुडानिधि तिवारी र कम्प्यूटर अपरेटर सोवित शाक्य काठमाडौ पुगेका थिए ।