१० दिने दशै सस्तो वजार मेला हुने
१० दिने दशै सस्तो वजार मेला हुने
गोरखाः चेम्वर अफ कमर्सको आयोजनामा आगामी असोज २३ गतेबाट कात्तिक ३ गते सम्म १० दिने दशै सस्तो वजार तथा रमाइलो मेला हुने भएको छ ।
तेस्रो संस्करणको दशै सस्तो वजार तथा रमाइलो मेला विगतको भन्दा अझै परिस्कृत र ब्यवस्थित गर्ने आयोजक चेम्वर अफ कमर्सले आइतबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । तेस्रो संस्करणको मेलाको लागि तयारी थालिसकेको र करिव ७ करोडको कारोवार हुने अनुमान गरिएको छ । जिल्लाका कृषक, साना ब्यवसायी, दैनिक गुजारा गर्ने श्रमिकहरुले विशेष गरि मेलाबाट लाभ उठाउने चेम्वर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठले बताए ।
मेलामा स्थानिय उत्पादनका परिकार विक्रि कक्ष, खसी वोका, च्याङ्ग्रा, लोकल कुखुरा, तथा नेपाल खाद्य कम्पनी लिमिटेड र साल्ट ट्रेडिङबाट दैनिक उपभोग्य सामाग्रीको विशेष ब्यवस्था गरिने छ । चाडपर्वमा नयाँ लुगा खरिद गर्ने उपभोक्ताहरुलाई चुक्ता चप्पल, फेन्सी कपडा, घरेलु भाँडाकुडा लगायतका सामाग्री मेलामा रहने छन् । मेलाको झण्डै ६० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा मनोरञ्जनका सामाग्री समेत रहने उनले बताए । मेला अवधि भर स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट विविध मनोरञ्जनात्मक कार्यक्रम हुने छ । मेलालाई भब्य बनाउन जिल्ला स्थित सवै पालिकाहरुको सहभागिता र सहकार्यका लागि अनुरोध गरिने अध्यक्ष श्रेष्ठले बताए । ‘पालिकाहरुको स्थानिय उत्पादन विक्रि र बजार ब्यवस्थापनका लागि गोरखा चेम्वरले व्राण्ड दिन अन्तराििष्टय वजारमा समेत पहल गर्ने छ,’ उनले भने ।
कृषि ब्यपार र पर्यटनलाई जोडदार रुपमा अगाडी वढाउने लक्ष्यका साथ मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । ‘ब्यवसायिक हक हित र अधिकारीक संरक्षणको लागि ३५५ दिन काम गर्छौ भने १० दिन त्यसमा पनि चाडपर्वको अवसर पारेर दशै सस्तो वजार मेला उपभोक्ताहरुको हितमा गर्दैछौँ,’ उनले भने । चेम्वरले आयोजना गर्न लागेको काममा स्थानिय संघ संस्थाहरुबा यो वा त्यो रुपमा निरन्तर अवरोध गर्ने कार्य भइरहेको पनि आयोजकले जनाएको छ ।
‘मेलामा नेपाल ससरकारको निति तथा कार्यक्रम पनि उपभोक्ता हितको लागि ब्यवसायिक संघ संस्थालाई सस्तो सुलभ तथा गुणस्तरीय वजार खोल्न आग्रह गरिएको हुन्छ,’उनले भने,‘स्थानीय रुपमा विभिन्न उदेश्यले खोलिएको संघ संस्थाहरुबाट अर्काको कार्यक्रम विथोल्न नै आयोजना गर्छन भन्ने किमार्थ त्यो सह्य हुने छैन ।’