म्याद भित्रै बन्दैन सडक

म्याद भित्रै बन्दैन सडक


मङ्लबार, असार ५, २०८०


म्याद भित्रै बन्दैन सडक

दुइ वटा सडकको कामलाई गति दिन निर्माणको जिम्मा लिएको ठेकेकार कम्पनीलाई सचेत गराइएको छ ।

गोरखाः सडक निर्माणको ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई कामलाई गति दिन सचेत गराइएको छ ।



पालुङटारको राधाकृष्ण मन्दिर पौवाटार सडक ठेक्का लागेको चार वर्ष वित्दा सम्म कामले गति लिन सकेको छैन । ९ किलोमिटर सडकको काम दुइ वर्ष भित्र सक्ने गरि २०७६ असारमा निर्माणको जिम्मा एम एस अमर कन्ट्रक्सनले लिएको थियोे । सम्झौता अनुसार २०७८ असार सम्म सक्नुपर्ने स्तरोउन्नतीको काम हाल सम्म ५४ प्रतिशत मात्र सकिएको छ । ठेकेदार कम्पनीको म्याद दुइ पटक थप हुदा सम्म कामले पुर्णता पाउन सकेको छैन ।

गत चैतमा म्याद सकिएपछि ठेकेदारले म्याद थपका लागि विभिन्न वाहाना वनाउदै आएको छ । उत्त सडकको कामले गति नै नलिएको गण्डकी प्रदेशका पुर्व मन्त्री तथा सांसद समेत रहेका हरिशरण आचार्यले बताए । ‘दुइ वर्षमा काम सक्नुपर्ने सडकको अवस्था चार वर्ष वित्दा सम्म उस्तै छ,’ उनले भने,‘म्याद थप्दै जाने काम चाहि नहुने परिपाटी देखियो ।’ हाल साइटमा एक जना पनि कामदार नरहेको उनले बताए । नारेश्वर पडेनी चौतारा निवेल ताकुकोट सडकको कामको पनि प्रगति हुन सकेको छैन । एम एस अमर गनेश जेभिले जेभिले २०७८ असारमा ठेक्का सम्झौता गर्दै उत्त सडकको काम थालेको थियो ।

आगामी असार सम्म सक्नुपर्ने सडकको हाल सम्मको प्रगति निराशजनक छ । उत्त सडकको १८ प्रतिशत मात्र काम सकिएको छ । ठेक्का लागेको दुवै सडकमा काम नै नभएको पुर्वाधार विकास कार्यालयका प्रमुख अजय श्रेष्ठले बताए । दुवै सडकको प्रगति निराशाजन रहेको उनले बताए । कार्यालयले पटक÷पटक सडक निर्माणलाई गति दिन ताकेता गर्दै आएको छ । ठेकेदार कम्पनी भने आर्थिक मन्दि लगायतका कारणले कामलाई गति दिन नसकेको बताउदै आएको छ ।

सोमबार ठेक्का लिएर काम नगर्ने ठेकेदार कम्पनीका प्रतिनिधिलाई काममा गति लिन सचेत गराइएको छ । जिल्ला प्रशासन कार्यलयका प्रमुख जिल्ला अधिकारी निदेश सागर भुसाल, पुर्वाधार विकास कार्यलयका प्रमुख तथा प्राविधिक सहितको टोलिले कामलाई गति दिन सचेत गराइएको हो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda