तेक्वान्दोको विभिन्न विधामा गोरखाबाट सहभागी खेलाडी विजयी
तेक्वान्दोको विभिन्न विधामा गोरखाबाट सहभागी खेलाडी विजयी
गोरखाः गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा गोरखाबाट सहभागी खेलाडीले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका छन् ।
असार १ गते देखि ३ सम्म पर्वतको कुस्मामा प्रदेश स्तरीय प्रतियोगीता भएको थियो । प्रतियोगीतामा गोरखा जिल्लाबाट सहभागी रुविना कार्की ४६ केजी मुनि तेस्रो, अगशा श्रेष्ठ ७३ केजी मुनि प्रथम, आर्यन गुरुङ ५४ केजि मुनि तेस्रो, युजिन गुरुङ ८० केजी तर्फ र युजन थापा मगर ८७ केजी मुनि तृतिय भएको गोरखा तेक्वान्दो डोजाङका मुख्य प्रशिक्षक सरोज थापाले जानकारी दिए ।