पालुङटारको निति ः‘किसानका गरा सधै हराभरा’
पालुङटारको निति ः‘किसानका गरा सधै हराभरा’
गोरखाः पालुङटार नगरपालिकाले ‘किसानका गरा सधै हराभरा’ भन्ने निति लिएको छ । कृषि क्षेत्रमा आएका चुनौती समानका लागि पालुङटार वहुउदेश्यीय कृषि प्रवद्र्धन कार्यक्रम संचालनमा ल्याइने,. उपयुक्त बालि छनौटको लागि संघीय सरकार, प्रदेश सरकार र अन्य निकायहरुको समन्वयमा माटो परिक्षण कार्य संचालन गर्ने निति लिएको छ ।
वुधबार निति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरपालिकाले कृषि एम्बुलेन्स सेवा संचालन साथै हाटबजारलाई थप व्यवस्थित गर्ने पनि निति तथा कार्यक्रममा समेटेको छ । दिवा खाजा कार्यक्रम, आपपिपाल हस्पिटल क्यान्टिन, सुत्केरी पोषण कार्यक्रमलाई स्थानीय रैथाने बाली सँग जोडी बजारीकरणको व्यवस्थालाई जोड दिने, नगरप्रमुख सँग लोक कल्याणकारी किसान कोष कार्यक्रम संचालनमा ल्याउने, नगरपालिका भर सक्रीय रुपमा कृषि पेशामा संलग्न कृषकको सूचीकरण गरी व्यवसायिक कृषि प्रवर्धन गर्न जोड दिइने, स्थानीय कृषकहरुले उत्पादन गरेका हरेक बस्तुहरुको बजारीकरण तथा भण्डारणका लागि सुविधा सम्पन्न कोल्ड स्टोर, दुग्ध संकलन केन्द्र संचालन गर्ने, कृषि र पशुपालन व्यवसायमा देखा पर्ने समस्या समाधानका लागि आबश्यकता अनुसार कृषि प्रविधिक र भेटेनरी डाक्टर सहितको घरदैलो सेवा संचालनलाई थप व्यवस्थित गर्ने, खाद्य सुरक्षा सुनिश्चताका लागि मकै तथा धानबाली प्रवद्र्धन कार्यक्रम संचालन गर्ने पनि निति तथा कार्यक्रममा उल्लेख छ ।
३ वर्ष भन्दा बढी बाँझो जग्गामा खेति गर्ने कृषकलाई प्रोत्साहन गर्ने निति तथा कार्यक्रममा समेटिएको छ । आगामी अािर्थिक बर्ष थप एक धानबाली र आलुबाली पकेट क्षेत्र संचालन गर्ने, पुष्प खेति गर्ने किसानलाई प्रोत्साहन स्वरुप बीउ ÷ बिरुवा खरिदमा अनुदान दिने, रासायनिक मलको सहज उपलब्धताको निम्ति प्रत्येक वडामा सहकारी मार्फत भइरहेको वितरण प्रणालीलाई अझ व्यवस्थित बनाउने,दाना उद्योगलाई आवश्यक पर्ने मकै, भटमास लगायतको खेतीलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम अगाडी बढाउने पनि निति तथा कार्यक्रममा समेटिएको छ । ‘समाजवादको आधार निर्माणको अभियान, सुन्दर र समृद्ध पालुङटार हाम्रो शान; भन्ने मूल नारा अनुरुप आफ्ना सम्पूर्ण नीति तथा कार्यक्रमहरु अगाडि बढाउने प्रतिबद्धता समेत नगर प्रमुख विवश चिन्तनतले ब्यक्त गरे । समाजवाद उन्मूख ग्रामीण अर्थतन्त्रको विकास गर्न कृषीजन्य उत्पादनमा आत्मनिर्भर बनाउने निति तथा कार्यक्रममा उल्लेख छ । नगरक्षेत्रमा पर्यटनको विकास गर्न ऐतिहासिक स्थलहरुको संरक्षण र प्रवद्र्धनमा जोड दिने, नगर भित्र रहेका ग्रामिण सडकहरुलाई सबै मौसममा सवारी सञ्चालन गर्न मिल्ने सडकको रुपमा विकास गर्ने पनि निति तथा कार्यक्रममा समेटिएको छ ।
आवश्यक पर्ने घाँसको नियमित आपूर्तिका लागि एक वर्षीय तथा बहु बर्षीय घाँसका बिरुवाहरु अनुदान दिने कार्यलाई निरन्तरता दिने, रोजगार तथा आत्मनिर्भर हुने गरि कृषि, पशुपालन, उद्योग ब्यबसायको ब्यावसायिकरणमा निरन्तरता दिंदै बैदेशिक रोजगारीवाट फर्किएर स्वदेशमा नै ब्यबसाय गर्न चाहने यूवा उद्यम ब्यबसायीहरुलाई सहुलियत ब्याजदरमा ऋण व्यावस्था गरी स्वरोजगार बन्न प्रोत्साहन गर्ने पनि नगर प्रमुख चिन्तले बताए । छुवाछुत मुत्त नगरपालिका बनाउन विशेष किसिमका कार्यक्रम ल्याइने, सीमान्तकृत जातिहरु (कुमाल, गन्धर्व र दलित) साथै बिपन्न वर्गहरुको लागि बिशेष कार्यक्रम ल्याइने पनि निति तथा कार्यक्रममा समेटिएको छ ।
अमर ज्योति जनता माध्यमिक विद्यालयलाई नमूना आवाशीय विद्यालयको रुपमा विकास गर्ने, आँपपिपल अस्पताललाई ५० शैयामा स्तरउन्नती गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न पहल गर्ने, आँपपिपल अस्पतालमा टेलीमेडीसियन सेवा सुरुवात गरी विशेषज्ञ मार्फत परामर्श सेवा उपलब्ध गराउन पहल गर्ने पनि निति तथा कार्यक्रममा उल्लेख छ । समग्र नगरको बिकासको लागि लगानी मैत्री वातावरण सिर्जना गरिगर्ने. वडा नं. ७ माऔद्योगिक क्षेत्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न प्रदेश सरकार आवश्यक समन्वय गर्ने,बिद्यालयहरुलाई प्रविधिमैत्री बनाई प्राविधिक र जीवन उपयोगी शिक्षालाई प्रोत्साहन गर्ने तथा एक बिद्यालय एक उद्यम कार्यक्रम संचालन गर्ने पनि निति तथा कार्यक्रममा समेटिएको छ ।
नगरपालिका भित्र संचालित शिक्षण संस्थामा प्राविधिक शिक्षाअध्ययन गर्न चाहने निश्चित गरीब लक्षित वर्गका जेहन्दार बिधार्थीलाई ५०% छात्रबृत्ति उपलब्ध गराउने, विद्यार्थी संख्या धेरै भएका विद्यालयलाई आवासीय मेघा विद्यालयको रुपमा संचालन गर्ने प्रक्रिया अगाडी बढाईने पनि वुधबार सार्वजनिक गरिएको निति तथा कार्यक्रममा उल्लेख छ । ्रपालुङटार नगरपालिकाको चालु आर्थिक वर्ष २०७९÷८० को हालसम्मको प्रगति औसत ५६.६% रहेको छ । पूंजीगत तर्फ ४५.६५ प्रतिशत र चालु तर्फ वित्तीय प्रगति ६४.३३ प्रतिशत रहेको पनि चिन्तनले बतबाए । आ.ब.को अन्त्य सम्ममा ७१ प्रतिशतको आर्थिक प्रगति हुने अपेक्षा नगरपालिकाले लिएको छ ।