खानेपानी वितरणलाई प्रभावकारी वनाउन नगरपालिकाले बनायो विधेयक
खानेपानी वितरणलाई प्रभावकारी वनाउन नगरपालिकाले बनायो विधेयक
गोरखाः गोरखा नगरपालिका क्षेत्र वितरण हुदै आएको खानेपानी वितरणलाई प्रभावकारी वनाउन गोरखा नगरपालिकाले विधेयक वनाएको छ ।
खानेपानीको स्रोतको संरक्षण, सम्वद्र्धन गरि सेवा प्रदायक, उपभोक्ता समिति तथा संस्थाहरुको अनुगमन,मुल्याङ्कन, सुपरिवेक्षण तथा नियमन एवं समन्वयका स्थानीय सरकार संचालन ऐन,२०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरि नगरपालिकाले विधेयक वनाएको हो । खानेपानी तथा सरसफाई विधेयक २०८० वारे शुक्रबार छलफल गरि नगरपालिकाले सरोकारवाला सँग राय सुझाव समेत मागेको थियो ।
आधाभुत खानेपानी तथा सरसफाई सेवाबाट वञ्चित नगर्ने, उपभोक्ताको अधिकार संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि खानेपानी श्रोतको संरक्षण र उपायोग, सरसफाई सम्वन्धी जनचेतना अभिवृद्धि लगायतका विषय विधेयकमा समेटिएको छ । नगरपालिका भित्रका उपभोक्ताका आधारभुत खानेपानी तथासरसफाई सेवाको समग्र ब्यवस्थापन तथा संचालन नगरपालिका आफैले वा आफनो स्वामित्व वा नियन्त्रणमा रहेको वोर्ड र वोर्ड अन्तरगत रहने संस्था मार्फत गर्ने छ ।
दर्ता भइ खानेपानीको संरक्षण, सम्वद्र्धन र खानेपानी तथा सरसफाई सेवा संचालन गरिरहेका नाफारहित सामुदायीक संस्था वा समुहले आगामी भदौ २० भित्र नगरपालिकामा सुचिकृत हुनुपर्ने छ । संस्थाको हाल सम्मको भौतिक प्रगति तथा आर्थिक प्रतिवेदन सम्पतिको अवस्था र आगामी योजना सहितको कागजात पेश गर्ने र ऐनको परिधिभित्र रहि सेवा प्रवाह संचालन र ब्यवस्थापन गर्ने तथा ब्यवस्थापनमा सहयोग र सहिजीकरण गर्ने छन् । यस्था संस्थालाई नियमन तथा ब्यवस्थापनका लािग नगर प्रमुखको अध्यक्षतामा खानेपानी तथा सरसफाई वोर्ड गठन गरिने छ ।
वोर्डमा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिकाले तोकेका तिन जना सदस्य, खानेपानी तथा सरसफाई क्षेत्रमा कामगरेका ब्याक्ति, जग्गा दाता,चन्दा दता मध्येबाट नगर प्रमुखले मनोनित गरेको एक महिला सहित दुइजना, उपभोक्ता समिति तथा संस्थाका पदाधिकारी मध्येबाट दुइ जना, वोर्डले नियुत्त गरेको कार्यकारी अधिकृत सदस्य सचिव रहने छन् । खानेपानी ब्यवस्थापन वोर्डले खानेपानी सेवा प्रणालीलाई स्थानीय स्तरमा रहेको खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सुधार र आयोजना सुधार गर्ने गराउने, सुधारका आवश्यक कदम चाल्ने, खानेपानीको महसुल निर्धारणगर्ने लगायतको काम कर्तब्य र अधिकार रहेका छन् । तर मानिसहरूलाई बचत गर्नु भन्दा बढी कमाउन मद्दत गर्नु राम्रो हो। Slotogate प्लेटफर्मले सबैलाई यो अवसर दिन्छ। यो सबै भन्दा राम्रो अनलाइन क्यासिनो सेवा हो। साइट प्रस्तुत गर्दछ casinos that accept echeck