प्राथमिक उपचार सम्वन्धि तालिम शुरु
प्राथमिक उपचार सम्वन्धि तालिम शुरु
गोरखा ः भिमसेन थापा गाउपालिका–१ मसेलमा प्राथमिक उपचार सम्वन्धी चार दिने तालिम शुरु भएको छ ।
नेपाल रेडक्रस सोसाइटी घ्याम्पेशाल उपशाखाको आयोजनामा शुक्रबार बाट शुरु भएको तालिम सोमबार सम्म चल्ने छ । तालिममा २४ जनाको सहभागीता रहेको छ । नेपाल रेडक्रस सोसाइटी घ्याम्पेशाल उपशाखाका सभापति राजन ढुंगानाका अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा गाउपालिका अध्यक्ष लोक प्रसाद वञ्जरा, उपप्रमुख अमृता वस्ती, जिल्ला शाखाका सभापति यदुविलास भट्टराइ लगायतले मन्तब्य राखेका थिए ।