ब्यवसायीक क्षमता अभिवृद्धि तालिम हुने
ब्यवसायीक क्षमता अभिवृद्धि तालिम हुने
गोरखाः होटल ब्यवसायी महासंघ, गण्डकी प्रदेशको आयोजना तथा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश सरकारकाको प्रवद्र्धनात्मक सहयोगमा सोमबार र मंगलबार ‘ब्यवसायीक क्षमता अभिवृद्धि तालिम’ हुने भएको छ ।
तालिमको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने तय भएको छ । दुइ दिन सम्म चल्ने तालिममा गुणस्तरीय सेवा प्रवाह, आर्थिक तथा वित्तीय साक्षरता, ब्यवसायमा प्रविधिको प्रयोग, ब्यवसायी र कर्मचारी विचको सम्वन्ध, सरफाई तथा पोषक, ब्यवसायको प्रोमोसन, स्थानीय उत्पादनको ब्यवसायीकरण लगायतका शिर्षकमा प्रशिक्षण हुने आयोजकले जनाएको छ ।
तालिमले आफ्नो ब्यवसाय सम्वन्धी आत्मविश्वासको विकास गर्ने अपेक्षा गरिएको छ । स्थानीयकृषि उपजको प्रयोग गरि आफ्नो ब्यवसाय र स्थानीयकृषकरुलाई सहयोग पु¥याउने पनि विश्वास लिइएको छ ।