आगामी आर्थिक वर्षका लागि स्थानीय तहको वजेट सार्वजनिक
आगामी आर्थिक वर्षका लागि स्थानीय तहको वजेट सार्वजनिक
गोरखाः जिल्लाका ११ वटै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि वजेट, निति तथा कार्यक्रम गाउँसभामा पेश गरेका छन् ।
गोरखा नगरपालिकाले आइतबार अनुमानीत एक अर्व ३२ लाखको वजेट नगर सभामा पेश गरेको छ । पालुङटार नगरपालिकाले ८३ करोड ८७ लाख २५ हजारको वजेट प्रस्तुत गरेको छ । धार्चे गाउपालिकाले पनि आइतबार ४८ करोड ५२ लाख ९१ ह्जार पाच सय वरावरको प्रस्तुत गरेको छ । धार्चे गाउपालिकाको १४ औँ नगरसभामा गाउपालिका अध्यक्ष लक्ष्मण गुरुङले निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उपाध्यक्ष सुनिला गुरुङले आगामी आर्थिक वर्षको लागि पुजीगत तर्फ १७ करोड २७ लाख र चलाु खर्च तर्m ३१ करोड २५ लाख ९१ हजार पाच सयको वजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । आरुघाट गाउपालिकाले ५८ करोड १६ लाख १७ हजारको अनुमानित वजेट तेह्रौ गाउसभामा प्रस्तुत गरेको छ ।
गण्डकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१का लागि ६१ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । गाउँ पालिकाले बजेट बेहोर्ने स्रोतका रूपमा आन्तरिक राजस्व, अन्तरसरकारी राजस्व बाँडफाँड तथा संघ र प्रदेशबाट प्राप्त हुने अनुदान रकमलाई आधार बनाएर बजेट सार्वजनिक गरिएको गाउँ पालिकाले जनाएको छ ।
अध्यक्ष दिपक तिम्लिसिनाले आगामी आर्थिक वर्षको बजेट मुख्य गरी कृषि र स्वास्थ्यमा केन्द्रित गरेर बजेट ल्याइएको बताए । जसअन्तर्गत कृषि उत्पादनलाई जोड दिँदै कृषि एम्बुलेन्स सञ्चालन गर्ने, स्वास्थ्यको हकमा सुत्केरी अशक्त र विपन्न नागरिक हरूको लागि निःशुल्क एम्बुलेन्स सञ्चालन गरिने छ । भौतिक निर्माणतर्फ वडा गौरवको आयोजना सञ्चालन गर्ने र त्यसमा ८ वटै वडाका लागि ५० लाखको दरले वडा गौरव आयोजना यस वर्ष पनि बजेटमा समावेश गरिएको अध्यक्ष तिम्लिसिनाले बताए । चुमनुव्री गाउापालिकाले असार ३ गतेको गाउँसभामा वजेट पेश गरिसकेको छ । जिल्लाका अन्य पालिकाले पनि आइतबार निति तथा कार्यक्रम र वजेट सार्वजनिक गरेका छन् ।