हिमालको पानी बोटलिङ, गाउँ फर्कनेलाई सेवा सुविधा

हिमालको पानी बोटलिङ, गाउँ फर्कनेलाई सेवा सुविधा


आइतवार, असार १७, २०८०


हिमालको पानी बोटलिङ, गाउँ फर्कनेलाई सेवा सुविधा

अजिरकोट गाउँपालिकाको नीतिः
गोरखाः अजिरकोट गाउपालिकाले हिमालबाट बगेको शुद्ध खानेपानी बोटलिङ गरी राष्ट्रिय एवं अन्तराष्टिङय बजारमा निर्यात गर्न अवश्यक नीति तर्जुमा र अख्तियार गरी संरचना निर्माणको सम्भाव्यता अध्ययन गरी आवश्यक स्रोत जुटाउन प्रयास थाल्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा धनी र गरीब, गाउँ र शहर बीचको दुरी कम गर्न रणनैतिक नीति अवलम्बन गरिने, शहर बजारमा बसाइसराई भइ गएका अजिरकोट वासीहरूलाई गाउँ फर्कन प्रेरित गर्ने कार्यक्रमहरू सञ्चालन गर्नुका साथै फर्कनेहरूलाई बिभिन्न सेवा सुविधाहरू किटान गरी सहुलियत प्रदान गर्ने उल्लेख छ । डोको, नाम्लो, डालो, नाङ्लो , मान्द्रो, भकारी, राडी, बख्खु जस्ता स्थानीय कच्चा सामग्रीहरूको प्रयोगबाट उत्पादन हुने स्थानीय वस्तुहरूको उत्पादन, प्रवद्र्धन र बजारीकरणका कार्यक्रमहरू सञ्चालन गरिने, यी शिपमुलक पेशामा लाग्ने उद्यमीहरूलाई प्रत्येक वडाबाट बिबरण संकलन गरी पुरस्कृत गर्ने पनि गाउपालिकाले जनाएको छ । ‘घर उद्योग’ नामाङ्कन दिइ कोदोको रक्सी उत्पादन र स्तर निर्धारण गरी ब्राण्डिङ गर्दै अजिरकोट क्षेत्रभित्र कोदोको रक्सी उमेर समुह अनुसार प्रयोगमा प्राथमिकता दिने नीति लिइने, बाह्य अल्कोहलिक पदार्थबारे छुट्टै नीति बनाइ व्यबस्थित गरिने तथा खुर्पानीबाट जुस तथा वाइन उद्योग संचालनको सम्भाव्यता अध्ययन गरिने, पनि निति तथा कार्यक्रममा समेटिएको छ । वनजङ्गलमा उत्पादन भइ खेर गइरहेका वन्य फलफुल पानीअमला, काफल, एसेलु, चुत्रो आदिलाई उद्योगसंग जोड्ने प्रयत्न (वाइन उत्पादन अध्ययन अनुसन्धान) प्रारम्भ गरिने पनि निति तथा कार्यक्रममा उल्लेख छ । लालीगुँरासको फुलको उपयोग बारे पनि खोज र व्यवस्था गर्न प्रयास थालिन, स्थानीय उत्पादन मस्यौरा, गुन्द्रुक एवं. प्राकृतिक उत्पादन न्युरो,टुसाको संकलन, वर्गिकरण पश्चात ब्रान्डिङ गरी गाउँपालिकामा कोसेली घर स्थापना मार्फत राष्टिूय तथा अन्तराष्टिूय बजारमा निर्यात गर्ने पनि निति लिएको छ । ‘ वातावरणको स्खलन रोक्ने कुरामा सजगता अपनाइने छ,’ निति तथा कार्यक्रममा उल्लेख छ ।



जडीबुटी खेती, संकलन, प्रशोधन र बजार व्यबस्थानका लागी आवस्यक नीति नियम तर्जुमा गरी कार्य प्रारम्भ , नेपाली कागज उद्योग, दुना टपरी उद्योगको लागि आवश्यक व्यवस्था गर्ने, वन पैदावार तथा उत्पादनहरु सदुपयोग गरी आर्थिक समुन्नति हाँसिल गर्न आवश्यक कानुन तर्जुमा गरी कार्यान्वयनमा जाने नीति पनि अजिरकोटले लिएको छ । माटो परीक्षणबाट प्राप्त नतिजा र सुझावका आधारमा माटो र भुगोल सुहाउँदो खेतीपाती, स्थानीय तथा भुगोल अनुकुल पशु आहार उत्पादन मार्फत बाख्रा, भैंसी, सुङ्गुर, बुङ्गुर, हाँस, कुखुरा, कालिज, माछा आदि पालनमा सम्भाव्यता अध्ययन गरी पशुपालन कार्यमा प्रोत्साहन गर्ने र स्थानीय उत्पादनमा आधारित उद्योग एवं उत्पादनलाई प्रवद्र्धन गर्न सहुलियतको व्यबस्था मिलाइने पनि अजिरकोट गाउपालिकाले जनाएको छ । आलु खेती, मौरीपालन, किवि र स्याउ, खुर्सानी, चिया उत्पादन, टूाउट माछा उत्पादन जस्ता अजिरकोटको भुगोल सुहाउँदो कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने कार्यक्रमहरूलाई प्राथमिकतामा राखिने, हरिया तरकारी तथा आलु, प्याज, लसुन, अदुवा, बेसार, खुर्सानीमा यो बर्षबाट नै आन्तरिग माग धान्न सक्ने गरी आत्मनिर्भर बन्ने नीति लिइने, रैथाने कृषि बीज भण्डार तथा इलेक्टिूक शित भण्डार थप स्तरोन्नती गर्दै अनुदान बिउ रकम उपलव्ध गराउने, कृषि उत्पादन संकलन केन्द्र स्थापना गरी ढुवानीको लागि कृषि एम्बुलेन्स संचालन, उत्पादित वस्तुको बजार मुल्य निर्धारण र बजारिकरण तथा स्थानीय तहले तोकेका विशिष्टिकृत कृषि तथा पशु उपजको न्युनतम मुल्य निर्धारणमा देखिएका समस्याको निदान खोज गरी अगाडी पनि गाउपालिकाले निति लिएको छ ।

एक वडा एक व्यवसायिक कृषि उत्पादन कार्यक्रम संचालन गरिने, कृषि उत्पादनमा लगानी एवं उत्पादनको मात्रा अभिवृद्धि र बजारीकरण लगायतको आधारमा कृषक समुहलाई अनुदान प्रदान गर्दै क्षमता अभिवृद्धिका कार्यक्रमहरू संचालन योजना निर्माण गरी कार्यान्वयन गर्ने, बाँझो जग्गा को बारे आवश्यक नीति लिइने, कृषि, पशुपालन र पर्यटनलाई जोड्ने गरी कार्यक्रमहरू सञ्चालन गर्न कम्तिमा स्थानको छनोट गरी एक समुदायमा शुरु गर्ने पनि जनाइएको छ । दुग्ध डेरी एवं दुग्ध उत्पादनमा आधारित उद्योग स्थापनाको सम्भाव्यता अध्ययन गर्ने, कृषि क्षेत्रको विकासका लागि व्यवसायिक रूपमा कृषि कार्य गर्ने तथा सामुहिक खेती गर्ने कृषक समुहका लागि आवश्यक कृषि उपकरणमा अनुदानको व्यवस्थालाई निरन्तरता दिने, नागेपोखरी( दुधपोखरी नारदपोखरी( पदमार्ग निर्माणको कार्यलाई सम्पन्न गर्न थप श्रोतको खोज गरी निरन्तरता दिने, बुद्ध हिमाल हिमालचुली ग्रेट लेक सर्किट टूेल सर्किट निर्माणको लागि गोरखा तथा छिमेकी स्थिानीय तह एवं. सम्बन्धित निकायसंग समन्वय गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरिने पनि गाउपालिकाको निति तथा कार्यक्रममा उल्लेख छ ।

जैविक मल तथा कीटनाशक औषधी उत्पादन गर्न कृषकहरूलाई ज्ञान र प्रविधि हस्तान्तरण गर्ने, पशु चौपायाहरूको गोठ सुधार गरी व्यवस्थित पशुपालन गर्न प्रोत्साहित गर्ने, उन्नत नस्लका पशुपालनप्रति कृषकहरूलाई प्रोत्साहित गर्दै उच्च धरातलीय क्षेत्र अनुकुलका भेडा, च्याङ्ग्रा, चाँैरी लगायतका चौपायाहरूको व्यवसायिक पालनमा जोड दिइने पनि गाउपालिका अध्यक्ष दिपक देवकोटाद्धारा सार्वजनिक गरिएको निति तथा कार्यक्रममा उल्लेख छ । राष्ट्रिय र अन्तराष्टिूय स्तरको सशुल्क र निःशुल्क वृद्धाश्रम निर्माण गर्नका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गरी सो निर्माण र व्यवस्थापनका लागी आवस्यक पहलको प्रयास थाल्ने, विद्यालयहरूलाई नमुना विद्यालयको रूपमा रूपान्तरण गर्ने नीति अवलम्बन गर्ने, गाउँपालिका भित्रका विद्यार्थीको उच्च शिक्षाको पहँुच सुनिश्चित गर्न स्नातक तहसम्म अध्ययन गर्ने क्याम्पस स्थापनाको पहललाई निरन्तरता दिइने, अभिभावक उत्प्रेरणा कार्यक्रम, वालमैत्री कक्षा व्यवस्थापन, विद्यालयको स्वमुल्याङ्कन कार्यक्रम, सुचना प्रविधिमैत्री कक्षाकोठा व्यवस्थापन, मासिक विद्यालय नर्स कार्यक्रम, विद्यालय शिक्षक तथा कर्मचारी छनौट परीक्षा व्यवस्थापन लगायतका शैक्षिक सुधारका गतिविधिहरु संचालन गर्ने पनि निति तथा कार्यक्रममा समेटिएको छ ।

विद्याललयमा विद्याललय तथा आसपासका क्षेत्रमा वृक्षारोपण अभियान अन्तर्गत एक विद्यार्थी एक विरुवा कार्यक्रम संचालन गर्न प्रोत्साहन गर्ने, विद्याथीलाई सैद्धन्तिक, व्यवहारिक एवं. क्षेत्रगत ज्ञान दिलाउन सक्ने गरी १ विद्याललयमा एक विद्यालय एक नर्सरी कार्यक्रमको स्थापानको सुरुवात मार्फत मौरीपालन लगायत स्थानीय अलैची, स्याउ, किवी लगायतका खेतीको व्यवहारिक ज्ञान विद्यालयमै प्रदान गर्ने, अजिरकोट गाउँपालिकालाई बन्द र हड्ताल निषेधित क्षेत्र घोषणा गर्ने गाउपालिकाको निति तथा कार्यक्रममा उल्लेख छ । सार्वजनिक र सरकारी पदमा रहेका सबै नागरिकहरूका छोराछोरीलाई समाुदायिक विद्यालयमा अनिवार्य अध्यापन गराउने नीति अवलम्बन गर्दै प्रोत्साहन उपलब्ध ,आगामी तीन वर्षमा सम्पुर्ण नागरिकलाई स्वाथ्य बीमा कार्यक्रममा आवद्ध गरिने, छोरी भए पुगिसरी कार्यक्रम मार्फत दुईवटा छोरी भई स्थायी बन्ध्याकरण गरेका दम्पतीका दुई छोरीहरूलाई कक्षा ११ र १२ मा शैक्षिक शुल्कमा अनुदानका ेव्यवस्था गरिएकोमा सो कार्यक्रमहरूलाई निरन्तरता दिइने , सामुदायिक विद्यालयहरूको गुणस्तर अभिवृद्धि र प्रोत्साहनका लागि आधारभुत र माध्यमिक तहको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्र र छात्रा तर्पmका विद्यालयलाई अजिरकोट उत्कृष्ट शिक्षा पुरस्कार दिइने पनि जनाइएको छ ।

वस्ती÷वडा÷गाउँपालिका स्तरबाट पहिचान एवं प्राथमिकिकरण भएका आयोजना तथा प्रथम पञ्चवर्षीय योजनाबाट औंल्याइएका आयोजनाहरू समावेश गरी गाउँपालिका स्तरीय आयोजना बैंक स्थापना मार्फत क्रमशः कार्यान्वयनमा ल्याइने छ । आयोजना बैंकमा समावेश भएका गाउँपालिका स्तरका गौरवका आयोजनाहरूको विस्तृत अध्ययन प्रतिवेदन तयार गरी संघ र प्रदेश सरकारसँग समपँरक, विशेष र सर्शत अनुदानका लागि प्रस्ताव पेश गरिनेछ । विकास साझेदारी योजनालाई प्राथामिकत दिइने व्यवस्था मिलाइने छ । भच्चेक प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालयको रुपमा स्तरोन्ननती गर्न आवश्यक प्रकृया थालनी गरिनेछ । भचचेक बसपार्कलाई स्तरोननती गर्दै व्यवस्थित गरिनेछ । फाल्गुन मसान्त भित्रै पुर्वाधार आयोजना सम्झौता गरिसक्नपर्ने र ज्येष्ठ मसान्तभित्र भुक्तानी लिइसक्नुपर्ने नीति अवम्बन गरिने। । गाउँपालिका क्षेत्रका सानातिना सडकहरू मर्मत सम्भार तथा स्तरोन्नतिका लागि मर्मत(सम्भार कोष मार्फत् सडक मर्मत सम्भार र स्तरोन्नती गर्ने कार्यलाई उपभोक्ता साझेदारीमा सञ्चालन गर्ने नीति अवलम्बन गर्ने पनि गाउपालिकाले निति लिएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda